डडेल्धुरा अस्पताल प्रयोगशालामा थप ४९ जनामा कोरोना पुष्टि
डडेल्धुरा : डडेल्धुरा अस्पतालको प्रयोगशालामा गरिएको स्वाब परीक्षणमा थप ४९ जनामा कोरोना पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा ३ सय ५७ जनाको कोरोना परीक्षण भएकोमा ४९ जनामा संक्रमण पुष्टि भएको हो।
अस्पतालका प्रयोगशाला इन्चार्ज ईश्वरी प्रशाद भूषालले बझाङका ४७ जना र दार्चुलाका २ जनामा संक्रमण पुष्टि भएको बताए। प्रयोगशाला इन्चार्ज भूषालका अनुसार बझाङको दुर्गाथली गाउँपालिकाका ४७ जना र शैल्यशिखर नगरपालिकाका एक जना र जिल्ला प्रहरी कार्यालय दार्चुलाका एक जनामा कोरोना पुष्टि भएको बताए ।
प्रतिक्रिया दिनुहोस !