प्रदेश १ : ५६ जना कोरोना संक्रमित थपिए, ५४ डिस्चार्ज

प्रदेश १ : ५६ जना कोरोना संक्रमित थपिए, ५४ डिस्चार्ज

 विराटनगर : प्रदेश १ मा पछिल्लो २४ घण्टामा ५६ जना कोरोना संक्रमित थपिएका छन्। सोमबार सुनसरीमा २६, मोरङमा १७, संखुवासभामा ९ र झापामा ४ जना कोरोना पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

सुनसरीको धरानमा ६ महिला १४ पुरुष, कोशी गाउँपालिकामा ३ पुरुष, देवानगञ्ज र इनरुवामा १–१ पुरुष, इटहरीमा १ महिला, मोरङको विराटनगरमा ५ महिला ६ पुरुष, लेटाङमा १ महिला ४ पुरुष र बुढीगंगामा १ महिलाको रिपोर्ट पोजिटिभ आएको हो।

मन्त्रालयका अनुसार संखुवासभाको खाँदबारीका १ महिला ८ पुरुष, झापाको कमल गाउँपालिकामा २ महिला २ पुरुषको रिपोर्ट पोजिटिभ आएको छ। प्रदेश १ मा कोरोना संक्रमितको संख्या ३ हजार ३६७ पुगेको छ। 

प्रदेश १ बाट सोमबार ५४ जना डिस्चार्ज भएका छन्। वी.जेनरल आइसोलेसन केन्द्र, हरिनगर सुनसरीबाट ३२, इलाम अस्पताल आइसोलेसन केन्द्र, इलामबाट १८ र होम आइसोलेसनबाट ४ जना डिस्चार्ज भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ। 

हालसम्म प्रदेश १ मा १ हजार ५८९ जना कोरोनामुक्त भएका छन्। प्रदेश १ मा सोमबार १ हजार ३९२ जनाको कोरोना परीक्षण गरिएको थियो। परीक्षण गरिएका मध्ये १७ महिला र ३९ पुरुषको रिपोर्ट पोजिटिभ आएको हो। 

प्रदेश १ मा हालसम्म ८८ हजार ९९० जनाको पीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.