कोरोनाबाट मृत्यु हुनेको संख्या २२८ पुग्यो

कोरोनाबाट मृत्यु हुनेको संख्या २२८ पुग्यो

काठमाडौंमा : कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट थप ७ जनाको मृत्यु भएको छ। यो सहित ज्यान गुमाउनेको संख्या २२८ पुगेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमका अनुसार २४ घण्टामा ७ जनाको मृत्यु भएसँगै कोरोनाले ज्यान गुमाउनेको संख्या २२८ पुगेको हो। 

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३ महिलासहित ७ जनाको मृत्यु भएको छ। सोमबार कोरोनाबाट मृत्यु हुनेमा महोत्तरीमा एक बालिका वर्षीय,गोरखामा दुई महिला र झापा, रौतहट, चितवन र  भक्तपुरमा एक/ एक गरी चार पुरुषको मृत्यु भएको मन्त्रालयका प्रवक्ता गौतमले जानकारी दिए।

यस्तै पछिल्लो २४ घण्टामा ८९९ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ। ३३० महिला र ५९६ पुरुष गरी ८९९ जनामा संक्रमण पुष्टि भएको हो। आइतबार मात्रै १२ सय ११ जनामा कोरोना पुष्टि भएको थियो।

मन्त्रालयका प्रवक्ता गौतमका पीसीआर परीक्षण गरिएका ११ हजार १२९ स्वाबमध्ये ८९९ स्वाबको कोरोना रिपोर्ट पोजिटिभ आएको हो। योसँगै नेपालमा कुल संक्रमितको संख्या ३९ हजार ४६० पुगेको छ। 

मन्त्रालयका अनुसार नेपालमा कोरोना जित्नेको संख्या २१ हजार ४१० पुगेको छ। अहिले क्वारेन्टाइनमा ७ हजार ३३७ जना रहेका छन्। नेपाल सक्रिय संक्रमितको संख्या १७ हजार ८२२ रहेको छ। संस्थागत आइसोलेसनमा १० हजार ७०१ जना रहेका छन् भने होम आइसोलेसनमा ७ हजार १२१ जनाको उपचार भइरहेको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.