बिरामी बोक्ने जीपका चालकलाई कोरोना

बिरामी बोक्ने जीपका चालकलाई कोरोना

दमौली : आँबुखैरेनी र गोरखा आसपासका क्षेत्रका बिरामी बोक्ने जीपका चालकलाई कोरोना संक्रमण देखिएको छ। गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले सार्वजनिक गरेको पछिल्लो पीसीआर परीक्षण नतिजामा संक्रमण देखिएका आँबुखैरेनी ३ निवासी २९ वर्षका पुरुषमा कोरोना संक्रमण देखिएको हो।

उनी त्यस क्षेत्रमा बिरामी ओसारपसार गर्ने जीपका चालक भएको खुलेको छ। छिमेकी गोरखकाली गाउँपालिकाका व्यक्तिमा संक्रमण देखिएपछि उनको सम्पर्कमा आएका ती चालकलाई क्वारेन्टिनमा राखिएको थियो। ‘उनी बिरामीहरुलाई अस्पताल लैजाने जीपका चालक हुन्’ आँबुखैरेनी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख अगमप्रसाद उपाध्यायले भने,‘गोरखकालीका संक्रमितको सम्पर्कमा आएको पाइएपछि हामीले क्वारेन्टिनमा राखेका थियौं।'

तीन दिनयता उनी क्वारेन्टिनमा भए पनि उनले यस अघि पटक पटक बिरामी ओसारपसार गरेको पाइएकाले अब क्न्ट्याक्ट ट्रेसिङ थालिने उनले बताए। ‘धेरै पटक गोरखाबाट बिरामी बोकेर अस्पताल लगेको पाइएकाले उनको सम्पर्कमा आएकाको खोजी थालेका छौं,’ उनले भने। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.