चुरे चर्किंदा बढ्यो त्रास

चुरे चर्किंदा बढ्यो त्रास

डँडेलधुरा : डँडेलधुराको भित्री मधेसका जनताका घर र आँगन चर्किन थालेपछि त्रास फैलिएको छ। एकातिर पहिरोको त्रास छ भने अर्कोतिर घर र धर्तीसमेत चर्किन थालेपछि उनीहरू त्रसित बनेका हुन्। पहिरोले दुई दर्जनभन्दा बढी घरहरू चर्किएका छन् भने आँगन, खेतबारीलगायतका क्षेत्रमा पनि चिरा पर्ने, जमिन फाट्ने, भासिने भइरहेको छ। चर्केको घर भत्किने डरले आलीताल गाउँपालिकामा पर्ने चुरे क्षेत्रबाट ३५ परिवार विस्थापित भएका छन्।

७५ घरपरिवार रहेको बलौचा गाउँका नौ परिवार जंगलमा त्रिपाल टाँगेर बसेको स्थानीय मीना बोहराले बताइन्। उनले भनिन्, ‘घरभित्र बसे पहिरोले बगाउला भन्ने त्रास, त्रिपालमा बस्दा झन् सकस छ।’ गाउँमाथिको पहाड पूरै चर्किएको छ। ज्वालामुखी गए जसरी बलौचाको पहाड चर्किंदा स्थानीय त्रसित बनेको वडाध्यक्ष वीरबहादुर बोहराले बताए।

अन्नबाली तथा पशु (चौपाया) आदि घरमै रहेको र आफूहरूबीच जंगलमा दूधेबालकसहित त्रिपालमुनि रहेको ३० वर्षीया पहिरो पीडित निर्मला बोहराले बताइन्। उनी परिवारका आठ जनासहित १५ दिनेको शिशुसहित त्रिपालमा छन्। निर्मलासहित उनका टोलका ६ परिवार जंगलमा रात बिताइरहेका छन््। त्यस ठाउँको जमिन पनि भासिने क्रममा छ।

आफूलाई सुरक्षित स्थानमा मात्रै नभई घर र जमिनको समेत व्यवस्था गर्नुपर्ने पहिरो पीडितको माग छ। पहिरोले अहिलेसम्म तीनवटा घर पुरेको छ। ३५ घरका दिवाल भत्केका छन्। आफूहरूलाई सरकारले छिटोभन्दा छिटो सुरक्षित स्थानमा सार्नुपर्ने मोहना साउदले बताइन्।

केही गाउँलेहरूलाई विद्यालय र बालविकास केन्द्रमा सारिएको छ। बलौचाका बस्तीलाई नजिगडाको सरस्वती प्रावि, वाचिकालाई बाल विकास केन्द्र र सामुदायिक भवन बलौचा र खिन्नेभाडीका बस्तीलाई नारीमा रहेका भवनमा सार्न थालिएको छ। गाउँपालिका स्तरमा बैठक बसी मुचुल्का उठाई सहयोगका लागि प्रदेश र संघीय सरकारलाई सहयोगको अपिल गर्ने निर्णय भएको आलिताल गाउँपालिकाका अध्यक्ष बलबहादुर गुरुङले बताए।

जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बाँस्तोलासहित प्रहरी कार्यालय प्रमुख प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेको टोलीले पहिरो पीडित रहेकै स्थानमा पुगेर राहत दिएका छन्। प्रतिपरिवार आठ हजारका दरले २५ परिवारलाई नगद सहयोग पनि दिएको प्रमुख जिल्ला अधिकारी बाँस्तोलाले बताए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.