मर्स्याङ्‍दीमा दुर्घटनाको आशंका, सशस्त्रको गोताखोर परिचालन

मर्स्याङ्‍दीमा दुर्घटनाको आशंका, सशस्त्रको गोताखोर परिचालन

दमौली : आँबुखैरेनी ४ ऐनापहरोस्थित मस्र्याङदी नदीमा सवारी खसेको आशंकामा गोताखोरसहितको टोलीले खोजी अभियान थालेको छ । बुधबार बिहान त्यहाँको पृथ्वी राजमार्ग छेउमा रहेको सडक पेटी भत्किएको देखिएको थियो । 

पेटीका केही भाग भत्केको देखेपछि स्थानीयले दुर्घटना भएर सवारी नदीमा खसेको आशंका गरे । स्थानीयले भत्किएको सडक पेटीको तस्बिर पनि सामाजिक सञ्जालमा राख्न थाले पछि प्रहरीले कुनै दुर्घटना भएको आशंकामा खोजी कार्य थालेको छ ।

'घटनास्थलको प्रकृति हेर्दा केही खसेको जस्तो देखिन्छ,' तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमल्सेनाले भने,'त्यसैले खोजी थालेका हौं ।’ मुग्लिनको कुरिनटारस्थित सशस्त्र प्रहरी बलको गोताखोर सहितको टोलीले अहिले मस्र्याङदी नदीमा खोज तथा उद्धार थालेको छ । स्थानीय बादल थकालीले विहान सवारी खसेको आशंका उब्जिएको बताए । 

'पक्कै केही खसेको हुनुपर्छ, 'उनले भने,' स्थानीयले पनि दमौलीबाट मुग्लिनतर्फ जाँदै गरेको सवारी खसेको हुनसक्ने आशंका गरेका छन् । ' ऐनापहरोको सडक मुन्तिर मस्र्याङदी गहिरो भएकाले सवारी डुबेको आशंका प्रहरीको छ । 'नदी गहिरो भएकाले खसेर डुबेको हो कि, ' उनले भने, 'विस्तृत कुरा खोजी पछि नै थाहा होला ।'

हालसम्म केही नभेटिएको भनाइ प्रहरीको छ । अहिले नदीमा सशस्त्रका गोताखोरसहितका टोली खोजीका लागि परिचालित छन् । यसका अलावा स्थानीय र जनपद प्रहरी पनि तैनाथ छन् । 


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.