बझाङका ९ सहित सुदूरपश्चिमा थपिए १० कोरोना संक्रमित
डडेल्धुरा: डडेल्धुरा अस्पतालको प्रयोगशालामा थप १० जनामा कोरोना पुष्टि भएको छ । बुधबार गरिएको परीक्षणमा डडेल्धुरा अमरगढी नगपालिकाका १ सहित बझाङका ९ गरी १० जनामा कोरोना पुष्टि भएको डडेल्धुरा अस्पतालले जनाएको छ । दुर्गाथली गाउपालिकाका ३, मष्ठाका ३, तलकोट का १ र जयपृथ्वी नगरपालिकाका २ गरि बझाङका ९ जनामा कोरोना पुष्टि भएको हो ।
डडेल्धुरा अस्पतालको प्रयोगशालमा बुधबार गरिएको परीक्षणमा २९० स्वाबको नमुना परीक्षण गर्दा १० जनामा कोरोना देखिएको डडेल्धुरा अस्पताल कोभिड १९ परीक्षण प्रयोगशाला इन्चार्ज ईश्वरी प्रसाद भूषालले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस !