महासंघलाई हङकङ सरकारको निशुल्क घर
अनोज रोक्का / हङकङ : नेपाली संघसस्थाहरुको छाता संगठन हङकङ नेपाली महासंघले निशुल्क घर पाएको छ। यसअघि नेपालीहरुकै संस्था एकिकृत नेपाली समाज (हिन्स) ले पनि सरकारी घर पाएको थियो। महासंघ स्थापनाकालबाटै भाडामा बसिरहेको थियो। सरकारी घर पाएपछि महासंघलाई आफ्ना दैनिक सामाजिक कार्य र नेपाली समुदायका सीप, कौशल र प्रतिभा उजागरका विविध कार्यक्रम गर्नका लागि सहज हुने भएको छ।
हङकङमा नेपालीहरुको उल्लेख्य बसोबास रहेको याउचिमोङ् डिष्ट्रिक अन्तरगत मंकोक, नाथन सेन्टरको १५ औ तलामा महासंघले आफ्नो फ्लाट पाएको हो। 'यो प्राप्ति सम्पुर्ण नेपालीहरुको लागि गौरवको विषय हो। हामी हङकङमा रहेका नेपाली समुदायका लागि काम गरिरहेका छौँ।' महासंघका अध्यक्ष टकं रानाले भने, 'समुदायको सिप, कौशल र क्षमता अभिवृदिसँगै सहयोगको हरेक क्षेत्रमा हातेमालो गरिरहेका छौँ, अब यसको सदुपयोग गर्नेछौँ।'
सरकारी तबरबाट हाम्रो कामको पहिचानस्वरुप सरकारी घर पाउनु समुदायकै सफलता भएको उनले बताए।
लामो समयको ताकेता र समुदायका लागि उत्कृष्ट कार्य गरेकै आधारमा सरकारी भवन प्राप्त भएको नेपाली समुदायका लागि सिएसटिएन प्रोजेक्ट प्रमुख रीता गुरुङले बताइन्।
सरकारी भवन उद्घाटन कार्यक्रममा महासंघका भुतपुर्व अध्यक्षहरु, विभिन्न संघसस्थाका प्रतिनिधी, वुद्धिजिवी, सल्लाहकार, विद्यार्थी लगायतले आगामी कार्यक्रमको लागि शुभकामना दिए।
प्रतिक्रिया दिनुहोस !