पाल्पामा पनि भोलिदेखि निषेधाज्ञा हट्ने
तानसेन : कोरोना सक्रमण जोखिमलाई मध्यनजर गर्दै पाल्पामा लगाएको दुई हप्ते निषेधाज्ञा हटेको छ। जिल्ला प्रशासन कार्यालय पाल्पाले भदौ ५ गतेदेखि १९ गतेसम्म लगाएको निषेधाज्ञा भदौ २० गतेदेखि लागू हुने गरी हटाएको हो।
सुरक्षा सावधानी अपनाएर विहान ७ बजे देखी बेलुका ५ बजेसम्म जिल्लाभित्र मात्र उद्योग व्यापार व्यवसाय सञ्चालन गर्न पाइने, निजी सवारी साधन जोर विजोर प्रणालीबाट सञ्चालन हुने, सबै किसिमका सरकारी तथा गैरसरकारी कार्यालयहरु, बैक तथा वित्तिय संस्थाहरु सञ्चालन हुने, होटल रेष्टुँरा डिपार्टमेण्टल स्टोर समेत सावधनी अपनाएर सञ्चालन गर्न निर्यण भएको प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेले बताए।
कोरोनाको जोखिम कायमै रहेकोले जिल्ला प्रवेश गर्ने सीमा नाकाहरुमा कडाई गर्ने, व्यक्ति तथा सवारीसाधनहरु लाई प्रवेश निषेध गर्ने, बैंक तथा वित्तिय संस्थाहरुमा कुपन प्रणाली लागू गर्ने, कर्मचारीहरुको कामकाजमा समेत आलोपालो व्यवस्था गर्ने, उद्योगधन्दामा काम गर्ने कामदारहरु उद्योगभित्र मात्र बसेर काम गर्नुपर्ने, सरकारी तथा गैर सरकारी क्षेत्र तथा उद्योगमा कार्यरत कर्मचारी बाहिरी जिल्लाबाट आउनुपर्ने भएमा १४ दिन अनिवार्य क्वारेन्टाइनमा बस्नुपर्ने गरी निषेधाज्ञा हटाएको प्रजिअ न्यौपानेले बताए। निषेधाज्ञा हटेपनि यस जिल्ला भित्र सञ्चालन हुदै आएको सार्वजनिक सवारी साधन चलाउने नपाइने भएको छ।
प्रतिक्रिया दिनुहोस !