बाला नलाक्दै सुक्यो धान

बाला नलाक्दै सुक्यो धान

डडेल्धुरा : अमरगढी नगरपालिका–५ जिलोडा गाउँका किसानले सयौं रोपनीमा लगाएको धानबाली नष्ट भएको छ । पाक्नै लागेको धानमा रोग लागेपछि धानका बाला नलाग्दै सुक्न थालेको हो । धानका पातसहित बालाजती सबै सुकेका छन् ।

किसानले बेलैमा प्राविधिकसंँग सम्पर्क नगर्दा धानबाली नष्ट भएको कृष प्राविधिकहरुको भनाइ छ । धानबालीको लक्षण हेर्दा ब्लाष्ट रोग लागेको अमरगढी कृषि शाखा प्रमुख तथा कृषि प्राविधिक रमेश भण्डारीले बताए ।

कृषकका खेतमा पुगेर धान लगाएको खेत हेर्दा रोगले गृस्त छ कृषि पविधिक भण्डारीले बताए ।  गाउलेहरु कसैले पनि गुनासो नगरेका कारण नगरपालिका कार्यालयको मुनी रहेको जिलोडा गाउमा रोगका कारण धान सुकेको जनाए ।

बेलैमा किसानले खबर गरेको भए बिषादी छर्केर जोगाउन सकिने थियो । उनले भने, अहिले बोट र बाला सबै मरि सकेको छ । त्यसैले धानमा बाला नै नलागी सुकेको हो । यो रोग बाट बाली जोगाउन बिउ राम्रो लगाउनु पर्ने प्रविधिकहरुको भनाई छ । वर्षेनी धान नफल्ने र समय अगावै धान सुकेर जाने गरेको स्थानिय कृषकहरु वताउछन् ।

बिउ उपचार गरेर रोप्ने, बिउ परिवर्तन गरेर रोपे यसको व्यवस्थापन गर्न सकिने उनले बताए । बिउको जात दुई तीन वर्षमा परिवर्तन गर्नु पर्ने उनको सुझाव छ । रोग अवरोधका बिउ समेत पाईने भएकाले मुख्य तया बिउ रोप्दा ध्यान पुर्‍याउनु पर्ने कृषि प्राविधिकको भनाई छ ।

विगत दुई तीन वर्षदेखि जिलोडाका किसानले लगाउने धानमा रोग देखिएको स्थानीय बताएका छन् । मकै लगाउन जंगली बंदेलले सखाप पार्न थालेपछि धान खेती गर्दै आएको स्थानीयले भुवन पाठकले बताए । तर धानमा पनि समस्या देखिएकाले उत्पादन नहुनाले भोकमरी समश्या हुन सक्ने पाठकको भनाइ छ ।

अमरगढी ५ जिलोडामा गत विगतका वर्षमा पनि धान सुक्ने समश्या देखिएको भएता पनि कृषकहरुले ख्याल नगरि रोगलागेकै धानको बिउ यो वर्ष पनि रोपेको खुल्न आएको छ ।  पुरानै धानको बिउ लगाउने गरेकाले बर्षेनि यो समस्या देखिन थालेको कतिपयको भनाइ छ। गत वर्षसम्म धान यसै हुने भन्ने लागेको थियो तर अहिले खेतबारीमै प्राविधिक पुग्दा रोग लागेको जानकारी पाएका स्थानीय राजु पाठकले बताए। 


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.