दाङमा फेरियो लकडाउनको मोडालिटी, आधा दिन खुल्ला, आधा दिन बन्द

दाङमा फेरियो लकडाउनको मोडालिटी, आधा दिन खुल्ला, आधा दिन बन्द

दाङ : समुदायस्तरमा कोरोनाको प्रभाव देखिएपछि एक हप्तादेखि दाङमा सुरु भएको लकडाउनको मोडालिटी फेरिएको छ । आइतबार जिल्ला प्रशासन कार्यालयले सार्वजनिक गरेको सूचना अनुसार लकडाउनको मोडालिटि फेरेर आधा दिन खुला र आधा दिन लकडाउन गर्ने निर्णय गरिएको छ ।

दाङमा बिहान ६ बजेदेखि १२ बजेसम्म सार्वजनिक यातायता, होटेल व्यवसाय,सिनेमाहल, क्लब बाहेकका सबै बजार खुल्ने भएका छन् भने १२ बजेदेखि लकडाउन गरिने निर्णय गरिएको दाङका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले जानकारी दिए ।

सबैले बिहान ६ घन्टा बजार खोल्ने भन्ने सुझाव दिएसँगै सहमति भएपछि लकडाउनको मोडालिटि परिवर्तन गरिएको प्रजिअ रिजालले बताए । मध्यान्ह १२ बजेपछि भने फेरि नियमित रूपमा लकडाउन हुने प्रजिअ रिजालले बताए । 

बिहान ६ घन्टा खोल्दा बैंक तथा वित्तीय संस्था पनि मर्कामा नपर्ने र सबैलाई सहज हुने अनुमान गरेर यस्तो निर्णय गरिएको उनले बताए । यसमा सार्वजनिक यातायता पूर्ण रुपमा बनद गर्न र निजी सवारी साधनहरु जोडविजोडमा सञ्चालन गर्ने निर्णय समेत गरिएको छ ।

एक हप्ता अगाडि बसेको जिल्ला संकट व्यवस्थापन समितिको बैठकले आइतबार राती १२ बजेसम्म निषेधाज्ञा जारी गरेको छ । दाङमा शनिबार बेलुकासम्म कोरोना भाइरस संक्रमितको संख्या ९९२ पुगेको छ । यसमा ५० जना समुदायस्तरका संक्रमित रहेका छन् । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.