बर्दियामा एकैदिन ४२ जनामा कोरोना संक्रमण

बर्दियामा एकैदिन ४२ जनामा कोरोना संक्रमण

गुलरिया : बर्दियामा एकैदिन ४२ जना कोरोना भाईरस (कोभिड–१९) संक्रमित थपिएका छन्। बर्दियाको बाँसगढी नगरपालिकामा संचालित चौधरी ग्रुपमा कार्यरत अधिकांस महिला तथा पुरुष कामदारहरु संक्रमित भेटिएका हुन्।

बर्दियामा २९ जना महिला र १३ जना गरी ४२ जना कोरोना संक्रमित पुष्टि भएको स्वास्थ्य कार्यालय बर्दियाका प्रमुख गोकर्ण गिरीले बताए। संक्रमितमध्ये ३४ जना बाँसगढी नगरपालिकाका छन्। बाँकी बढैयाताल गाउँपालिका र गुलरिया नगरपालिकाका हुन्। संक्रमित सबैलाई आइसोलेसनमा राख्ने तैयारी भइरहेको गिरीले जानकारी दिए।

बर्दियामा १० हजार १ सय १ पीसीआर गरिएकोमध्ये ४ सय ८ जना कोरोना पोजिटिभ पुष्टि भएका छन्। बर्दियामा ३ सय १८ जनाले कोरोना जितेका छन्। स्वाब परीक्षणको नतिजा ५ सय २७ जनाको अझै प्रकृयामा रहेको गिरीले बताए। हालसम्म बर्दियामा एकजनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ।

    


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.