करेन्ट लागेर चालकको मृत्यु

करेन्ट लागेर चालकको मृत्यु

नुवाकोट : रसुवामा करेन्ट लागेर सोमबार एक चालकको मृत्यु भएको छ। स्काभेटरलाई विद्युत् तारले छोएपछि करेन्ट लागेर उत्तरगया गाउँपालिका- ५ लहरेपौवाका २५ वर्षीय दिनेश श्रेष्ठको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रसुवाका प्रहरी नायव उपरीक्षक इन्द्रप्रसाद सुवेदीले जानकारी दिए।

पासाङल्हामु सडक मार्गमा रहेको गोसाईकुण्ड गाउँपालिका–६ खोपाङभिरस्थित धुन्चेबाट स्याफ्रूवेशीतर्फ जाँदै गरेको ना ६ ख ६४७५ नम्बरको टेलरमा स्काभेटर राखि लैजाने क्रममा बिजुली पोलको तारमा छुन जाँदा करेन्ट लागेर मृत्यु भएको उनले बताए। 

उपचारका लागि श्रेष्ठलाई रसुवा अस्पताल धुन्चे पुर्‍याउँदा चिकित्सकले मृत घोषित गरेको थिए। प्रहरीले घटनाको अनुसन्धान भइरहेको जनाएको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.