तलब नपाएको भन्दै शिक्षकले लगाए शिक्षा कार्यालयमा ताला

तलब नपाएको भन्दै शिक्षकले लगाए शिक्षा कार्यालयमा ताला

डडेल्धुरा : तलब नपाएको भन्दै शिक्षकहरूले शिक्षा विकास तथा समन्वय इकाइ डडेल्धुरामा तालाबन्दी गरेका छन्। शुन्य दरबन्दी भएका सामुदायिक विद्यालयमा दिँदै आएको शिक्षण सिकाइ अनुदान कोटामा कार्यरत डडेल्धुराका शिक्षकले बुधबार शिक्षा विकास तथा इकाइ डडेल्धुरा र इकाइ प्रमुखको कार्यकक्षमा तालाबन्दी गरेका हुन्। 

देशैभरका सामुदायिक विद्यालयमा नेपाल सरकारबाट प्रदान गरिँदै आएको उक्त कोटाका लागि शैक्षिक सत्रको अघिल्लो असारमै एकमुष्ट रकम निकासा हुने गरेको थियो। तर, यो वर्ष दुई महिना बितिसक्दा पनि विनियोजित रकम निकासाको कुनै आधिकारिक जानकारीसम्म नआएकोले भन्दै तालाबन्दी गरिएको संघर्ष समितिका संयोजक केशवबहादुर साउदले बताए। 

एउटै विद्यालमा कार्यरत शिक्षकले तलब पाउने तर आफूहरूको तलबको कुनै टुंगो नलागेकोले दुई बुँदे माग राखी आन्दोलन गर्न बाध्य भएको जनाए। यसअघि आफूहरूले शिक्षा इकाइ मार्फत शिक्षा मन्त्रीलाई समेत उक्त विषयमा ज्ञापनपत्र पठाएको तर कुनै जवाफ नआएकाले आफूहरू तालाबन्दी गर्न बाध्य भएको सघंर्षरत शिक्षकको भनाइ छ।

सामुदायिक विद्यालयको शिक्षण सुधारका लागि मुख्य विषय अंग्रेजी, गणित र विज्ञान शिक्षकको अभाव परिपूर्तिका लागि नेपाल सरकारले शिक्षक अभाव भएका तथा शून्य दरबन्दी भएका विद्यालयलाई २०७५ सालदेखि एकमुष्ट रकम प्रदान गर्दै आएको थियो। यो वर्ष कोरोनाको कारण देखाउँदै गत असार महिनामै निकासा हुनुपर्ने रकम निकासा गरेको छैन। 

आर्थिक वर्षको विनियोजित बजेट निकासा गरिनु पर्ने र तलबभत्ता वापतको रकम नेपाल सरकारले तोकेबमोजिम अन्य शिक्षकको जस्तै हुनु पर्ने शिक्षकको माग छ। उनीहरुसँगै विद्यालयय कर्मचारीले पनि आफ्नो तलब सुविधामा सरकारले सोच्नु पर्ने बताएका छन्। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.