नेकपाको कुर्सी किस्सा : वामदेव 'फ्रन्टलाइन' मा बस्दा प्रचण्ड सेन्टरमा

नेकपाको कुर्सी किस्सा : वामदेव 'फ्रन्टलाइन' मा बस्दा प्रचण्ड सेन्टरमा

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र वैचारिक र नेतृत्वको बहस चर्को छ। असार १० गते बालुवाटारमा सुरु भएको स्थायी समिति बैठकमा एक महिनाभन्दा बढी समय स्थगित भएपछि शुक्रबार पुनः सुरु भएको हो। 

पार्टी भित्र वैचारिक र नेतृत्व विवादका अनेक किस्सा छन्। सामान्य भन्दा सामान्य लाग्ने तर नेकपा बैठकमा व्यापक बहस हुने अर्को विषय हो कुर्सी। कुर्सी तानातानको लामै फेहरिस्त छ। 

कसरी सुरु भयो कुर्सीको खेल ? 

असार १० मा बसेको पहिलो बैठकमा अध्यक्षद्वयलाई सोफामा बस्ने व्यवस्था गरिएको थियो। पहिलो दिन वरिष्ठ नेता र सचिवालय सदस्यलाई मञ्चमै सामान्य कुर्सीमा राखिएको थियो।  पहिलो दिनको बैठकमै सर्वहाराको प्रतिनिधित्व गर्ने कम्युनिस्ट पार्टीको बैठकमा अध्यक्षलाई सोफा र अन्य नेतालाई कुर्सी भन्दै चर्को आलोचना भयो। 

अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई साउन १२ गतेको बैठकमा सोफा हटाएर कुर्सीमै राखियो। प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओली अनुपस्थित दोस्रो बैठकमा सोफा हटाएर कुर्सी राखिएकै संरचनामा तेस्रो दिन अर्थात् असार १३ गतेको बैठक चल्यो। मञ्चबाट सोफा हटाइए पनि अध्यक्षद्वयसँगै वरिष्ठ नेता र सचिवालय सदस्य मञ्चमै थिए। 

बैठकको चौथो दिन (असार १६ गते) भने अध्यक्षद्वय ओली र प्रचण्डलाई मञ्चबाट हटाएर हलमै कुर्सीको व्यवस्था गरियो। असार १६ को बैठकमा अध्यक्षसहित वरिष्ठ नेता हलमै झरे। बैठक सुरु भएको चार दिनसम्म कुर्सीकै व्यवस्थापनमा समय गयो।

त्यसपछि लामो समय स्थगित भएको स्थायी समिति बैठक शुक्रबार फेरि बसेको छ।  बैठकको सुरुमा देखिएको आशन व्यवस्थापनको परिमार्जन शुक्रबारको बैठकमा समेत भएको छ। अध्यक्ष र वरिष्ठ नेतासँगै उपाध्यक्ष वामदेव गौतमलाई ‘फ्रन्टलाइन’मा राखिएको छ।  वामदेवलाई फ्रन्टलाइनमा वरिष्ठ नेता माधवकुमार नेपालसँगै राख्दा प्रधानमन्त्री एवम् अध्यक्ष केपी ओली झलनाथ खनालको साइटमा देखिएका छन्। यो आशन व्यवस्थापनले प्रचण्ड फ्रन्टलाइनमा बसेका पाँच नेताको सेन्टरमा देखिन्छन्। 

शुक्रबार महासचिव विष्णु पौडेललाई उपाध्यक्ष गौतम नजिकै एउटा कुनामा आशन दिइएको छ। सचिवालयका अन्य तीन सदस्यको आशनसमेत छुट्टै बनाइएको छ। त्यसपछि अन्य स्थायी समिति सदस्य लहरै बसेका छन्। 

पार्टीभित्रको आन्तरिक विवादपछि साउन १३ गतेपछि अनिश्चित कालका लागि स्थगित गरिएको बैठक शुक्रबार बसेको हो। साउन १३ गते ओली पक्षले रोक्ने र प्रचण्डसहित वरिष्ठ नेता माधवकुमार नेपाल समूहले राख्ने क्रम चलेपछि विवादले उग्र रूप लिएको थियो।

बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री एवं अध्यक्ष  ओली र अर्का अध्यक्ष प्रचण्डले तीन घण्टा छलफल गरी साझा प्रस्तावलाई अन्तिम रूप दिएका थिए। 

अध्यक्षद्वयको कार्यविभाजन तथा कार्याधिकार स्पष्ट गर्ने, संघदेखि प्रदेशसम्मका मन्त्रिमण्डल पुनर्गठन गर्ने र राजनीतिक नियुक्ति पार्टीभित्रको छलफलका आधारमा मात्रै गर्नेलगायत विषयमा साझा प्रस्ताव तयार पारेपछि स्थायी समितिको बैठक आजका लागि तोकिएको हो। 

ओली र प्रचण्डले गत वैशाखयता पार्टीभित्र चर्किंदै आएको विवाद समाधानका लागि सुझाव दिने गरी गत साउन ३० मा महासचिव विष्णु पौडेलको संयोजकत्वमा ओली, दाहाल र वरिष्ठ नेता नेपाल निकट दुईरदुई नेता सम्मिलित समस्या समाधान सुझाव कार्यदल गठन गरेका थिए। त्यही कार्यदलले भदौ ६ मा बुझाएको प्रतिवेदनमा सचिवालय सदस्यले दिएका सुझावलाई केही समेटेर बुधबार दुई अध्यक्षले स्थायी समिति बैठक मैजारो गर्ने गरी १५ पृष्ठ लामो साझा प्रस्ताव बनाएका थिए। 

स्थायी समिति बैठकमा पेश हुने प्रस्तावप्रति असहमति जनाउँदै वरिष्ठ नेता माधव नेपालले आलोचनात्मक टिप्पणी गर्ने बताउँदै आएका छन्।  वैचारिक राजनीतिक पक्षका विवादलाई एकता महाधिवेशनमा लगेर टुंगो लगाउने समझदारीका साथ साझा प्रस्ताव तयार पारेपछि नेता नेपालले प्रस्तावमाथि आलोचनात्मक टिप्पणी गर्ने भएका हुन्।

प्रधानमन्त्रीको प्रेस सल्लाहकारसमेत रहेका नेकपाका प्रचार विभाग उपप्रमुख सूर्य थापाले स्थायी कमिटीको बैठकले पार्टीलाई अतीतमुखी कचिङ्गलबाट मुक्त गरेर सुन्दर भविष्यमुखी बनाउने अपेक्षा गरेका छन्। ‘गुटबन्दी र गणितीय चलखेलबाट मुक्त भएर पार्टी एकीकरण, सहमति र अग्रगतिका साथ भविष्यमुखी बन्न अग्रसर हुनुको अर्को विकल्प पनि त छैन’, थापाले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्। 

धेरै सामाजिक सञ्जाल प्रयोगकर्ताले स्थायी समिति बैठकमा भएको कुर्सी व्यवस्थापनले पार्टीभित्रको विवाद मिल्दै गएको भनेर टिप्पणीसमेत गरेका छन्। 

पहिलो दिन असार १० गतेको स्थायी समिति बैठक 

असार १३ र १३ गतेको स्थायी समिति बैठक । 

असार १६ गतेको स्थायी समिति बैठक ।

भदौ २६ गतेको स्थायी समिति बैठक 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.