अर्थतन्त्र जोगाउन आग्रह

अर्थतन्त्र जोगाउन आग्रह

काठमाडौं : लकडाउन र निषेधाज्ञा नगर्न उद्योगी व्यवसायीले सरकारलाई आग्रह गरेका छन्। कारोना संक्रमणका कारण संकटमा परेको अर्थतन्त्र जोगाउन पनि लकडाउन र निषेधाज्ञाको विकल्प खोज्नुपर्ने व्यवसायीको माग छ। नेपाल उद्योग परिसंघका पदाधिकारीले आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटगरी महामारीबाट जोगिन देशव्यापी लकडाउन वा निषेधाज्ञा गर्नुभन्दा कोरोना प्रभावित क्षेत्रमा मात्रै सिल गर्न सुझाएका छन्।

आर्थिक समृद्धि र अर्थतन्त्र चलायमान बनाउन लकडाउन वा निषेधाज्ञा लगाउने कार्य बन्द गर्नु पर्ने परिसंघको सुझाव छ। यदि कुनै क्षेत्रमा संक्रमण फैलिएमा संक्रमितको राम्रो उपचारको व्यवस्था गरी प्रभावित क्षेत्र मात्र लकडाउन गर्नुपर्नेमा व्यवसायीको जोड छ। उद्योगीले उद्योग व्यवसायलाई चलायमान बनाई राष्ट्रिय अर्थतन्त्रमा नकारात्मक असर पर्न नदिन राष्ट्रपति समक्ष अनुरोध गरेका छन्।

‘कर्मचारी र कामदारको मनोबल उच्च बनाई सुरक्षा उपाय अवलम्बन गरी उद्योग व्यवसाय तथा बजार सञ्चालन गर्नुपर्छ’, उद्योगीले भने। वर्तमान असहज परिस्थितिलाई मध्यनजर गरी सरकारले उद्योगी व्यवसायीलाई सहुलियतको व्यवस्था गर्नसमेत परिसंंघले अनुरोध गरेको थियो। यसबाट निषेधाज्ञा जारी भएको अवस्थामा राजस्व दाखिला गर्नबाट बञ्चित उद्योगी व्यवसायीका लागि समय थप गर्न उनीहरुले सरकारसँग आग्रह गरेका छन्।

उद्योग व्यवसाय पूर्णसञ्चालनको माग गर्दै परिसंघका पदाधिकारीले उद्योगमा कार्यरत कर्मचारी र मजदुरलाई सरकारले तोकेका सुरक्षाका मापदण्ड पूर्णरुपमा पालना गर्न लगाउने र कोभिडको संक्रमणबाट जोगाउन उद्योगी व्यवसायी प्रतिबद्ध रहेको जानकारी गराए।

परिसंघले यस्तो विषम परिस्थितिमा उद्योगमा कार्यरत कर्मचारी र कामदारको हौसला बढाइ काममा लगाउनुपर्ने बताउँदै आएको छ। कोभिडको महामारीबाट पर्यटन क्षेत्र पनि नराम्ररी प्रभावित भएको परिसंघका पदाधिकारीले राष्ट्रपति समक्ष जानकारी गराए। पर्यटन क्षेत्रलाई व्यवस्थित गर्दै होटल तथा पर्यटक गन्तव्यलाई पूर्णरुपमा सञ्चालन गर्न पनि राष्ट्रपति समक्ष अनुरोध गरे।

राष्ट्रपति विद्यादेवी भण्डारीले उद्योगी व्यवसायीको सुझावलाई सकारात्मक रुपमा लिई त्यसको कार्यान्वयमा सहयोग गर्ने बताइन्। परिसंघका अध्यक्ष सतिशकुमार मोरको नेतृत्वमा गएको टोलीमा परिसंघका वरिष्ठ उपाध्यक्ष विष्णुकुमार अग्रवाल र उपाध्यक्ष अनुज अग्रवाल र निर्वाण चौधरी सहभागी थिए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.