बर्दियामा संक्रमितको संख्या ५ सय नाघ्यो

बर्दियामा संक्रमितको संख्या ५ सय नाघ्यो

गुलरिया : बर्दियामा कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या ५ सय नाघेको छ। बाँसगढी नगरपालिकामा अवस्थित सीजी फूड्समा कार्यरत संक्रमित कामदारका परिवारहरुमा समेत कोरोना भाइरस संक्रमण देखिएपछि संक्रमितको संख्या ह्वात्तै बढेको हो।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङको प्रयोगशालामा गरिएको पीसीआर परीक्षणको नतिजा अनुसार बाँसगढी नगरपालिकामा ५८ जना र बढैयाताल गाउँपालिकाका ३ गरी ६१ जनामा कोरोना संक्रमण देखिएको प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारीले बताए। बाँसगढीमा देखिएका संक्रमितहरु सीजी फुड्समा कार्यरत संक्रमित कामदारका सम्पर्कमा आएका परिवारहरु हुन्। उनले भने सीजीका १ सय २२ जना कामदारहरुमा कोरोना संक्रमण देखिएको छ। 
    

बर्दियामा कुल संक्रमितको संख्या ५ सय १५ पुगेकाले रेडजोनमा राखिएको छ। कोभिड व्यवस्थापन समितिको निर्णय अनुसार जिल्ला प्रशासन कार्यालय बर्दियाले बाँसगढी नगरपालिकामा जारी निषेधाज्ञाको समयावधि भाद्र ३१ गते सम्मका लागि थप गरेको छ। सबैलाई अनुशासन पालना गर्न जिल्ला प्रशासन कार्यालयले अनुरोध समेत गरेको छ। समुदायमा थप जोखिम नियन्त्रण गर्न सीजी फुड्सलाई केही दिनका लागि बन्द गरिएको छ। 
    
बारबर्दिया नगरपालिकाको वडा नम्बर ३ मा १० जनामा कोरोना संक्रमित पुष्टि भएपछि उक्त वडालाई सिल गर्ने तयारी रहेको प्रजिअ अधिकारीले बताए। स्वास्थ्य कार्यालय बर्दियाको तथ्यांक अनुसार बर्दियाको बाँसगढी नगरपालिकामा संक्रमित १६२ निको ४५ उपचार ११७ जना, बढैयाताल गाउँपालिकामा संक्रमित ७७ निको ६६ उपचार ११ जना, गुलरिया नगरपालिका संक्रमित ६२ निको ४६ उपचार १६, मधुवनमा संक्रमित ५७ निको ४७ उपचार ९, ठाकुरबाबा संक्रमित ४७ निको ४३ उपचार ४, राजापुर संक्रमित ४० निको ३५ उपचार ५, बारबर्दिया नगरपालिकामा संक्रमित ३७ निको २१ उपचार १६ जना तथा गेरुवा गाउँपालिकामा संक्रमित ३३ निको ३२ र उपचारमा १ जना छन्। 
    
जिल्लामा १० हजार ६७१ जनाको पीसीआर नमुना संकलन गरिएको मध्ये २ सय ६ जनाको नतिजा आउन बाँकी रहेको स्वास्थ्य कार्यालय बर्दियाका प्रमुख गोकर्ण गिरीले जानकारी दिए। बर्दियामा एकजनाको कोरोना संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.