दाङमा ४४ जना कोरोना संक्रमित थपिए
दाङ : दाङमा सोमबार एकै दिन ४४ जनामा कोरोना पोजिटिभ देखिएको छ। राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा सोमबार भएको पिसिआर परिक्षणमा घोराही उपमहानगरपालिका, शान्तिनगर गाउँपालिका र बबई गाउँपालिकाका ४४ जना नयाँ संक्रमित थपिएका हुन्।
शान्तिनगर गाउँपालीकाका ९३ जना, बबइ गाउँपालीकाका २० जना, घोराहीका ६४ जना र राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानका फिवर क्लिनिकबाट १५ जनाको स्वाब परिक्षण गरिएकोमा ४४ जनामा संक्रमण देखिएको हो। शान्तिनगरमा कर्मचारीसहित संक्रमण पुष्टि हुनेमा शान्तिनगर गाउँपालिका वडा नम्बर ४ का २ जना, वडा नम्बर ६ का १ , वडा नम्बर ७ का २ जना र वडा ५ का १२ जना ,बबई गाउँपालीका वडा नम्बर ४ का २ जना , ५ का ४ जना र ६ का २ जनामा कोरोना संक्रमण पुष्टि भएकोे जिल्ला कोरोना फोकल पर्सन कमल चन्दले जानकारी दिए।
घोराही उपमहानगरपालीका वडा नम्बर ८ का दुई जना, १० का ९ जना, ११ का १ जना, १२ का २ जना घोराही ६ का २, जना १४ का २ जना घोराही १५ का १ जनामा कोरोना पुष्टि भएको छ। राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानका ४ जना मध्ये २ जना अन्य जिल्लाका रहेका छन। अहिले दाङमा १५८ सक्रिय संख्या रहेको छ भने जम्मा कोरोना संक्रमित ९१९ जना रहेको फोकल पर्सन चन्दले बताए।
शान्तिनगरमा समुदायस्तरकामा संक्रमण
शान्तिनगरमा कर्मचारीसहित १७ जना समुदायस्तरका व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ। समुदाय स्तरका ९३ जना व्यक्तिको पिसिआर जाँच गर्दा १७ जनामा कोरोना पृष्टि भएको गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक हरि पुनले जानकारी दिए। गाउँपालिकामा २०२ जना स्वाब संकलन गरिएकोमा ५२ जनाको जाच गर्दा १ जनाको रिपोर्ट पोजिटिभ आएको थियो। अहिले दोस्रो चरणमा ९३ जनाको परिक्षण गर्दा १७ जनाको कोरोना रिपार्ट पोजिटिभ आएको छ।
अहिले शान्तिनगरको ५७ जनाको रिर्पोट आउँन बाँकी रहेको स्वास्थ्य शाखा संयोजक पुनले बताए। गाउँपालिकामा अहिलेसम्म ५५ जनामा कोरोना संक्रमण देखिएको छ। अहिले गाउँपालिका २० जना संक्रिय संक्रमित रहेका छन्। गाउँपालिकामा ३५ संक्रमित डिस्चार्ज भइसकेका छन्।
शान्तिनगर गाउँपालिका सिल
शान्तिनगर गाउँपालिकको कार्यालय सिल गरिएको छ। कार्यालयमा कार्यरत कर्मचारीमा कोरोना संक्रमण भए पनि गाउँपालिकाको कार्यालय ४८ घण्टाका लागि सिल गरिएको हो। सोमवार आएको कर्मचारीको पिसिआर परिक्षणमा कार्यालयमा कार्यरत उच्च तहका दुई जनामा कोरोना संक्रमणको पुष्टि भए पछि पालिकाकाको कार्यालय पूर्ण रुपमा सिल गरिएको गाउँपालिकाले जनाएको छ।
प्रतिक्रिया दिनुहोस !