हजार कथाका एक्ला स्टार

हजार कथाका एक्ला स्टार

काठमाडौं : फिल्मका सुपर स्टारले कति नायिकासँग अनस्क्रिन रोमान्स गर्ने अवसर पाउलान् ? हदै भए दुई चार दर्जन। तर नेपालमा एक यस्ता कलाकार तथा मोडल छन् जसले सयौं युवतीसँग रोमान्स गर्ने सौभाग्य पाए। छोटो समयमै हजारभन्दा बढी म्युजिक भिडियो, विज्ञापन तथा साना चलचित्रमा अभिनय गरेर रेकर्ड बनाएका यी अभिनेता हुन्, नीराजन प्रधान।

नीराजनले म्युजिक भिडियोमा अभिनय गर्ने मोडल तथा अभिनेत्रीसँग त रोमान्स गरे नै, ठूलो पर्दाका चल्तीका प्रायः सबै नायिकासँग पनि स्क्रिन सेयर गर्ने अवसर पाए। मिस नेपालदेखि चल्तीका मोडलसम्म, चल्तीका डान्सरदेखि नायिकासम्म उनको अँगालोमा देखिए।

उनी अभिनीत धेरै गीतका भिडियोले युट्युब ट्रेन्डिङमा रेकर्ड बनाए भने केही सदाबहार बने। लकडाउनको यो विषम परिस्थितिमा पनि उनको व्यस्तता कायम नै रह्यो। यो अवधिमा उनका धेरै स्तरीय भिडियो सार्वजनिक भए। अहिले म्युजिक भिडियो पनि फिल्मझैं कथानक बन्न थालेपछि त झन् उनको डिमान्ड बढ्यो।

यही क्रममा नीराजनले पूर्व मिस नेपाल सृष्टि श्रेष्ठसँग अभिनय गरेको ‘साँझ’ बोलको भिडियो दर्शकमाझ आयो। यसलाई दर्शकले निकै मन पराए। अहिले फर्केर हेर्दा उनले काम नगरेका निर्देशक तथा मोडल कमै मात्र बाँकी होलान्।

तनहुँमा जन्मेका नीराजनले स्कुले शिक्षा त्यहीँबाट पूरा गरेका हुन्। उच्च शिक्षा अध्ययनसँगै आफ्नो सानैदेखिको नायक र मोडल बन्ने सपना मनभरि सँगाल्दै उनी राजधानी हानिए। केही समय विदेशी भूमिमा बिताएर नेपाल फर्किएपछि उनको मोडलिङ यात्रा सुरु भयो।

उनको रंगीन दुनियाँको यात्रा पनि अलि फरक नै छ। फिल्म क्षेत्रमा काम गरिरहेका रोहित रुम्बासँगको भेटले उनलाई सुरुमा डान्सर बनायो। सुर्खेतमा आयोजित चलचित्र महोत्सवमा उनले नायिका अनु शाहसँग कोरियोग्राफर गोविन्द राईको कोरियोग्राफीमा नृत्य गरे। ‘त्यहाँ कलाकारको क्रेज देखेपछि मलाई यो क्षेत्रले मोहनी नै लगायो’, उनले सुनाए। सुर्खेत महोत्सवपछि कलाकार बन्ने भूतले झन् गाँज्यो उनलाई। त्यताबाट आएपछि पहिलो भिडियो नै आलोक नेम्वाङसँग गर्ने अवसर जुट्यो। ‘यो भिडियो रिलिज भएपछि मलाई अफरको खाँचो भएन’, उनले भने। उनले दोस्रो भिडियो नै वर्षा राउतको जोडी भएर गरे। भिडियोको क्रेज बढ्दै गएपछि विज्ञापनमा काम पाउन थाले। नेपालका प्रायः ठूला ब्रान्डका एडहरूमा नीराजनको राज हुन थाल्यो। गायक शिव परियारको ‘नभेटी नभेटी’मा उनले स्वस्तिमासँग जोडी बाँधे। हजारभन्दा धेरै भिडियोका नायक निराजनले काम गर्ने क्रममा विभिन्न संघसंस्थाबाट थुप्रै अवार्ड हात पारेका छन्।

नीराजनलाई अहिले ठूलो पर्दाका थुप्रै फिल्मबाट पनि अफर आइरहेका छन्। ‘ठूलो पर्दामा जम्प गर्दा सबै कुरा हेरेर मात्रै गर्ने सुरमा छु’, उनले आफ्नो योजना सुनाए, ‘यही क्षेत्रमा जीवन बिताउने भएपछि सबैतिर काम गर्नुपर्छ। अबको फड्को फिल्म नै हो।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.