सीजीका ५६ कोरोना संक्रमित कामदार आइसोलेसनमा

सीजीका ५६ कोरोना संक्रमित कामदार आइसोलेसनमा

गुलरिया: बर्दियाको बाँसगढी नगरपालिकास्थित संचालनमा रहेको सीजी फुड्समा कार्यरत कामदारलाई कोरोना संक्रमण देखिएपछि कम्पनीले सुविधायुक्त आइसोलेसनको व्यवस्था गरेको छ। कम्पनीकै खर्चमा पीसीआर परीक्षण गरिएका उनीहरुको स्वास्थ्य जाँचसहित स्थानीय होटलको सुविधायुक्त आइसोलेसनमा राखिएको छ।

कम्पनीमा कार्यरत ५६ जना कामदारमा कोरोना संक्रमण देखिएपछि सुविधायुक्त होटल लिएर कामदारहरुलाई आइसोलेसनमा राखिएको सीजी फुड्स बर्दियाका वरिष्ठ प्रवन्धक दिनेश भण्डारीले बताए । उनीहरुलाई खान, बस्नलगायतका सुविधाहरु होटलमै उपलब्ध गराइएको छ। कर्मचारी संक्रमित भएदेखि नै कम्पनीको उत्पादन बन्द गरिएको छ। उनले भने,' महामारीको संक्रामक अवस्था हेरेर स्थानीय पालिका र प्रशासनसँग समन्वयपछि कम्पनी संचालनमा ल्याइने तयारी छ ।'
 

बर्दियास्थित सीजी कम्पनीमा ३ सय २७ जना कामदार कार्यरत छन् । केही कर्मचारीमा संक्रमण देखिएपछि बाँकी कर्मचारी होम क्वारेन्टाइनमा छन् । उनले थपे,' कम्पनीमार्फत दैनिक १४ हजार कार्टुन चाउचाउ उत्पादन हुन्छ । स्वास्थ्य महामारी फैलिएपछि कम्पनी बन्द छ ।'

जिल्लामा सीजी संचालनसँगै स्थानीयले रोजगारी पाएका छन् । बर्दिया र नवलपरासीका स्थानीय लसुन, प्याज, गहुँ, आलुलगायतका किसानका ३० लाख केजी कृषि उपजहरु कम्पनीले खपत गर्ने गरेको भण्डारीले बताए । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.