आन्तरिक उडान भोलीबाट

आन्तरिक उडान भोलीबाट

काठमाडौं : आन्तरिक हवाई उडान असोज १ गतेबाट खुल्ने भएको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले असोज १ गतेबाट आन्तरिक उडान खोल्ने निर्णय गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यलयका प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिए। सरकारका प्रवक्ता प्रदीप ज्ञवालीले उक्त जानकारी दिएको पौडेले बताए। सोमबारको मन्त्रिपरिषद् निर्णयले असोज ५ गतेबाट आन्तरिक उडान खोल्ने निर्णय गरेको स्वयं पर्यटनमन्त्री योगेशकुमार भट्टराइले नै जानकारी गराएका थिए। तर, मंगलबार साँझपछि मात्र सरकारका प्रवक्ताले असोज १ गतेबाट नै आन्तरिक उडानसँगै लामोदुरीका यातायात र होटल, रेष्टुराँ सञ्चालन हुने जानकारी गराएका थिए।

असोज १ गतेबाट आन्तरिक उडान खुलाउने सरकारको निर्णयपछि नागरिक उड्डयन प्राधिकरण प्रक्रियागत व्यवस्थापनमा जुटेको छ। कोरोनाको संक्रमणलाई मध्यनजर गर्दै सुरुमा ३० प्रतिशत मात्रै उडान हुने गरी घरेलु उडान खोलिने प्राधिकरणका उपमहानिर्देशक तथा प्रवक्ता राजकुमार क्षेत्रीले जानकारी दिए। सम्बन्धित वायुसेवा संचालकहरुसँगको छलफलपछि हाललाई ३० प्रतिशत उडान हुने गरी खोलिने सहमति भएको क्षेत्रीले अन्नपूर्णपोष्टलाई जानकारी दिएका छन्।

कोरानाअघिको समयमा आन्तरिकतर्फ दैनिक ३ सय भन्दा बढि उडान हुने गरेको थियो। यस्तै, आन्तरिक वायुसेवा कम्पनीहरुले साविकको समयमा उडाउदै आएको सबै क्षेत्रका लागि उडान खुल्ला गरिएको बताइएको छ। सुगम तथा दुर्गम वा ट्रंक रुट(लामो धावनमार्ग भएका तराईका विमानस्थल) तथा सर्ट रुट(छोटो धावनमार्ग भएका दुर्गम क्षेत्रका विमानस्थल) सबै क्षेत्रका लागि नै उडान अनुमति दिइने प्रवक्ता क्षेत्रीले बताए। यसअघि सरकारले असोजबाट आन्तरिक उडान खुलाएपनि कारोना संक्रमण बढि भएका तराइका जिल्लाहरुमा उडान नगर्ने र पहाडि तथा हिमाली जिल्लाहरुमा मात्र उडान गरिने बताएको थियो। अब आन्तरिक उडानका लागि वायुसेवा कम्पनीहरुले चाहेको गन्तव्यमा उडान अनुमति माग्न पाउने छन्।

उडान सुचारु गर्दा वायुसेवा कम्पनीहरुले पर्यटन मन्त्रालय तथा प्राधिकरणले सार्वजनिक गरेका स्वास्थ्य सुरक्षा मापदण्डलाई भने पालना गर्नुपर्नेछ। आगमन कक्षमा यात्रुहरुको ज्वरो नाप्ने, पूर्ण विवरण खुलाउने गरी फारम भर्न लगाउनुपर्ने, यात्रुहरुले अनिवार्य रुपमा मास्क प्रयोग गर्नुपर्ने जस्ता मापदण्डहरुको अंक्षरंश पालना गर्नुपर्ने छ। आन्तरिक उडान गर्ने यात्रुहरुको कोराना जाँच(पीसीआर) गर्ने वा नगर्ने सम्बन्धमा भने छलफल भइरहेको प्राधिकरण प्रवक्ताको भनाइ रहेको छ।

आन्तरिक वायुसेवा कम्पनीहरुको उडान तयारी

गत चैत्र ११ गतेबाट सरकारले बन्द गराएको आन्तरिक उडान ६ महिनापछि असोज १ गतेबाट पुनः सुचारु हुँदैछ। लामो समयदेखि उडान नभरेका विमानहरु संचालनमा आउने भएपछि विमान संचालकहरु उडानको तयारीमा जुटेका छन्। यसअघि भदौ १ गतेबाट आन्तरिक उडान खुलाउने सरकारको निर्णयपछिबाट नै उडानको अभ्यास गरिरहेका विमान कम्पनीहरु पूर्ण रुपमा तयार रहेको आन्तरिक विमान संचालक संघका प्रवक्ता योगराज कँडेल शर्माले बताए। ‘उडानको तयारी अन्तरगत कर्मचारीलाई तालिम, जहाजको बिमाको अवस्था, जहाजको प्राविधिक अवस्था, उडान दलका कर्मचारीहरुलाई पनि आवश्यक निर्देशन जस्ता कामहरु सुरु भइसकेका छन्।’ प्रवक्ता कँडेल बताउँछन्।

यसअघि असोज १ गतेबाट उडान सुरु गर्नका लागि बुधबारबाट हवाइ टिकट बुकिङ खुल्ला गरिने प्रवक्ता शर्माले जानकारी दिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.