नेपालको हिमाल चढ्न बहराइनका राजकुमारसहित १८ जना आउँदै

नेपालको हिमाल चढ्न बहराइनका राजकुमारसहित १८ जना आउँदै

काठमाडौं : सरकारले बहराइनका राजकुमारसहितको टोली नेपालको हिमाल चढ्नका लागि आउन लागेको छ। राजपरिवारका एक सदस्यसहित १८ जनाको टोली लोबुचे र मनास्लु हिमाल आरोहणको उदेश्यसहित गएराति करिब १२:३० बजे नेपाल प्रस्थान गरेको बहराइनस्थित नेपाली राजदूतावासले जनाएको छ।

भदौ १५ बसेको मन्त्रिपरिषदको बैठकले निर्णय स्वास्थ्य मन्त्रालयले स्वीकृत गरेको स्वास्थ्य सम्बन्धी मापदण्ड पालना गर्ने गरी चार्टर फ्लाइटबाट नेपाल आउन दिने निर्णय गरेको थियो। बहराइन डिफेन्स फोर्समा कार्यरत १५ जना बहराइनी तथा ३ जना बेलायती नागरिक रहेको सो टोली शेख ईशा एयरबेसको विशेष विमानबाट नेपाल प्रस्थान गरेको राजदूतावासले जनाएको छ।

दूतावासका अनुसार लगभग २ महिना समयावधिको कार्यक्रमसहित नेपाल प्रस्थान गरेको सो टोलीले लोबुचे र मनास्लु हिमाल आरोहणलाई पूर्वतयारीको रूपमा लिंदै सन् २०२१ मा सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने अभिलाषा लिएको छ। 

पर्वतारोहणमा सहभागी हुने सदस्य तथा विमानको चालक दलका सदस्यहरू सबै जना पछिल्लो १५ दिनदेखि स्व: क्वारेन्टाइनमा रहेका थिए। कोभिड-१९ संक्रमण भए/नभएको सम्बन्धमा परीक्षण पश्चात सबैजना कोरोना संक्रमण नेगेटिभ रहेका छन। सो टोलीले नेपाल सरकारले निर्धारण गरेको स्वास्थ्य सम्बन्धी सम्पूर्ण मापदण्ड पालना गर्ने दूतावासले जनाएको छ।

बहराइनका लागि नेपाली राजदूत महामहिम पदम सुन्दास, नियोगको द्वितीय सचिव अरूणा घिसिङ, श्रम सहचारी दामोदर दाहाल लगायतले प्रस्थान पूर्व सो टोलिलाई भेटी पर्वतारोहणमा सफलताको शुभकामना दिएका थिए। भेटमा महामहिम सुन्दासले नेपाल र बहराइनबीच रहँदै आएको मित्रवत सम्बन्धमा यस आरोहणले थप आयाम प्रदान गर्ने विश्वास व्यक्त गरे।

टोलीलाई बहराइनी पक्षबाट शाही सुरक्षाका सहायक कमान्डर, मेजर जनरल हमाद खलिफा तथा शाही सुरक्षा प्रशिक्षण विद्यालयका कमान्डिङ अफिसर साद गर्लीले शुभकामनासहित बिदाइ गरे।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.