डडेल्धुरामा थप २६ जनामा संक्रमण
डडेल्धुरा : डडेल्धुरा अस्पतालको प्रयोगशालामा थप २६ जनामा कोरोना पुष्टि भएको छ। शुक्रबार १ सय ८६ जनामा गरिएको कोरोना परीक्षणमा थप २६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
डडेल्धुरा लगाएत बैतडी र दार्चुलाका गरि २६ जनामा कोरोना पुष्टि भएको डडेल्धुरा अस्पताल कोभिड १९ परीक्षण प्रयोगशाला मेडिकल ल्याव टेक्नोलोजिष्ट जिनी गणेजुले वताए।
संक्रमित मध्ये डडेल्धुरा जिल्लाका नबदुर्गा गाउँपालिकाका २ जना, अमरगढी नगरपालिका १ जना गरी ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। दार्चुलाको मार्मा गाउँपालिकामा २० जना, महाकाली नगरपालिकामा १ जना गरी २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। बैतडीको पाटन नगरपालिकामा २ जना गरी एकै दिनमा २६ जनामा कोरोना संक्रमण पुष्टि भएको डडेल्धुरा अस्पतालले सार्वजनिक गरेको सुचनामा छ।
प्रतिक्रिया दिनुहोस !