डा. केसीको नेपालगन्जमा उपचार

डा. केसीको नेपालगन्जमा उपचार

नेपालगन्ज : अनशन बसेको आठौं दिन डा. गोविन्द केसीको नेपालगन्जमा उपचार सुरु भएको छ। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका डा. प्रवीण गिरी र सहयोगी हिमाल कार्कीसहित सोमबार दिउँसो ४ः३० बजेतिर हेलिकोप्टरमा नेपालगन्ज आएका डा. केसीको भेरी अस्पतालमा उपचार सुरु भएको हो।

भेरी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. प्रकाशबहादुर थापाले अस्पताल आउनेबित्तिकै रगत र पिसाब जाँच गरेको बताए। उनको ईसीजी पनि गरिएको छ। ‘जुम्लामा हुँदा उपचार गर्न मान्नु भएको थिएन। नेपालगन्जमा पुगेपछि स्वास्थ्य परीक्षण र उपचार गर्न मान्नु भएको छ’, डा.गिरीले भने, ‘जुम्लामा हुँदा मुटुको चाल बढ्ने,  पिसाब कम हुने समस्या थियो। भेरीमा स्लाइन पनि लिन मान्नुभयो।’ डा. केसीलाई मंगलबार काठमाडौं लैजाने तयारी गरिएको छ। भेरी अस्पताल बाहिर डा. केसीको जीवन रक्षाको माग गर्दै नेपालगन्जवासीले सोमबार साँझ द्वीप प्रज्ज्वलन गरेको थिए। ‘मेरो अनशन काठमाडौंमा पनि जारी रहनेछ। जुम्लामै बस्दा सरकारी पक्षबाट ठूलो क्षति हुने संकेत पाएँ।

सम्भावित हिंसा रोक्न काठमाडौं फर्किने निर्णय गर्यौं‍’, जुम्ला छाड्नुअघि डा. केसीले विमानस्थलमा भनेका थिए। 

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.