गलौदीमा पहिरो : दुईवटा गाडी पुरियो, पृथ्वी राजमार्ग अवरुद्ध

गलौदीमा पहिरो : दुईवटा गाडी पुरियो, पृथ्वी राजमार्ग अवरुद्ध

गजुरी : पृथ्वी राजमार्गअन्तरगत धादिङको गजुरी गाउँपालिका - ५ गलौदीमा पहिरो जाँदा दुई वटा गाडी पहिरोमा च्यापिएको छ। काठमाडौंबाट धनगढि जाँदै गरेको ना ६ ख ६४०८ नम्बरको कन्टेनर पहिरोमा च्यापिएको ट्राफिक प्रहरी प्रमुख एवम् प्रहरी निरीक्षक नेत्र भट्टले जानकारी दिए। उनका अनुसार काठमाडौं जाँदै गरेको एचआर ३३ ९९०१ नम्बरको भारतीय कन्टेनर पनि अड्किएको छ।

राजमार्ग पूर्ण रुपमा अवरुद्द भएकाले सडक विभागको गजुरी फिल्ड कार्यलयबाट पहिरो पन्छाउनको लागि डोजर परिचालित गरिएको छ। राजमार्ग खुलाउन १ घन्टाभन्दा बढी लाग्ने प्रहरी निरीक्षक भट्टले जानकारी दिए।

यता नारायणगढ–मुग्लिन सडकखण्ड र मुग्लिन–नौबिसे सडकखण्ड एकतर्फी मात्र सञ्चालनमा रहेको छ । इच्छाकामना गाउँपालिका–६ स्थित चारकिलो डाँडामा आज पहिरो खस्दा अवरुद्ध भएको सडक अहिले एकतर्फी सञ्चालनमा आएको इलाका प्रहरी कार्यालय मुग्लिनले जानकारी दिएको छ। 

धादिङको बेनीघाट रोराङ गाउँपालिकास्थित बाँदरेभीरमा लेदो झर्दा सडक एकतर्फी मात्र सञ्चालनमा आएको इलाका प्रहरी कार्यालय मझिमटार धादिङले जनाएको छ । अहिले सडक दुइतर्फी सञ्चलानमा ल्याउने प्रयास भइरहेको प्रहरीले जनाएको छ।

गलौदीमा पहिरोका तस्बिर :


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.