बर्दियामा एकैदिन कोरोनाबाट थप दुईजनाको मृत्यु

बर्दियामा एकैदिन कोरोनाबाट थप दुईजनाको मृत्यु

गुलरिया : कोरोना भाइरस (कोभिड–१९) संक्रमणका कारण २४ घण्टामा बर्दियाका दुईजनाको मृत्यु भएको छ । बाँकेस्थित कोहलपुर मेडिकल कलेज तथा भेरी अस्पताल नेपालगञ्जमा उपचाररत उनीहरुको कोभिड संक्रमणका कारण मृत्यु भएको हो ।

कोभिड संक्रमित बर्दियाको ठाकुरबाबा नगरपालिका ७ का ६४ वर्षीय पुरुष तथा बारबर्दिया नगरपालिका ३ का ३९ वर्षीय पुरुषको उपचारका क्रममा चौविस घण्टाभित्र मृत्यु भएको स्वास्थ्य कार्यालय बर्दियाका प्रमुख गोकर्ण गिरीले बताए ।

खोकी लागेर उपचारमा रहेका ठाकुरबाबाका पुरुषको कोहलपुर मेडिकल कलेजमा मंगलबार र ज्वरो, खोकी, श्वास फेर्न कठिन भएको बारबर्दियाका पुरुषको बुधबार भेरी अस्पताल नेपालगञ्जमा उपचारका क्रममा मृत्यु भएको हो ।

मृतक बारबर्दिया नगरपालिकाका पुरुष जनप्रतिनिधि हुन् । मधुवन नगरपालिका वडा नम्वर ९ का ७८ वर्षीय  पुरुषको भाद्र १ गते कोहलपुर मेडीकल कलेजमा उपचारका क्रममा मृत्यु भएको थियो । बर्दियामा पीसीआर परीक्षण गराएका ११ हजार १ सय जना मध्ये ५ सय ९५ जनाको नतिजा पोजिटिभ आएको र २ सय ४६ जनाको नतिजा आउन बाँकी छ । संक्रमितमध्ये ४ सय ३८ जना निको भइसकेकाले १५६ जना उपचारमा रहेको गिरीले बताए ।

कोरोना महामारीको जोखिम बढ्दै गैरहेकोले हरेक व्यक्ति आफै संवेदनशिल भएर स्वास्थ्यको मापदण्ड पूरा गर्नुपर्छ । प्रमुख गिरीले भने बन्दाबन्दी खुलेपनि कोरोना सकिएको छैन । सामाजिक दुरी, मास्क तथा सेनिटाइजरको प्रयोगलाई निरन्तरता दिन उनले आग्रह गरे । बर्दिया अस्पतालमा अक्सिजन आइसकेकाले उपचार व्यवस्थापनको पूर्ण तयारी भइरहेको बताए ।


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.