कोरोना महामारीकै बीच बर्दियामा विद्यालय संचालनको तयारी

कोरोना महामारीकै बीच बर्दियामा विद्यालय संचालनको तयारी

गुलरिया : बर्दियाको बढैयाताल गाउँपालिकाले कोभिड महामारीका बीच विद्यालय सुचारु गर्ने तयारी गरेको छ । पालिका अन्र्तगत शिक्षा शाखाको सक्रियतामा संस्थागत तथा सामुदायिक विद्यालयका प्रधानाध्यापकले औपचारिक बैठकले बढैयाताल भित्रका विद्यालयहरु संचालन गर्ने निर्णय गरेको छ ।

कोरोना भाइरसका कारण लामो समयदेखि विद्यालय बन्द रहँदा बालबालिकाको पठन पाठनमा नकारात्मक प्रभाव पर्न थालेको बढैयाताल गाउँपालिकाका शिक्षा प्रमुख विष्णुप्रसाद ढकालले बताए ।'कोभिड महामारीका अवस्थामा स्वास्थ्य मापदण्ड पूर्ण पालना गरी विद्यालय संचालन गर्ने तयारी गरेका छौं,' उनले भने,' विद्यालयमा शौचालय, खानेपानी, गेटमा साबुन सेनिटाइजर अनिवार्य गर्दै मास्क तथा सामाजिक दुरीको पूर्ण पालनसहित कक्षा संचालन गर्ने हाम्रो तयारी हो ।'

बढैयाताल गाउँपालिका भित्रका विद्यालयहरुले भर्ना अभियान सुरु गरिसकेका छन् । बढैयाताल गाउँपालिका अन्र्तगत सामुदायिक ४० र संस्थागत ११ गरी ५१ वटा विद्यालयहरु छन् । जसमा सामुदायिकतर्फ ११ हजार ९४० तथा संस्थागततर्फ ३४ सय विद्यार्थी अध्ययनरत छन् । अभिभावकहरुलाई सहजीकरण गरेपश्चात असोज दोस्रो सातादेखि कक्षा संचालन हुन्छ । उनले थपे,' विद्यार्थीहरुको समूह बनाएर आलोपालो अध्यापन गराउँछौं । पहिलो चरणमा कक्षा १ देखि १० कक्षा सम्म प्रति १० जना विद्यार्थीको दरले समुहहरु बनाइन्छ ।'

प्रत्येक कक्षाका एउटा समूहलाई पालैपालो विद्यालयमा उपस्थित गराएर पढाउने विधि अपनाएको छ। पहिलो दिन विद्यालय आएका समूहको १० दिनपछि पुन विद्यालय आउने पालो पर्छ । 

यस्तै रितले दोस्रो चरणमा ५ दिन र कोभिड नियन्त्रण भइसकेपछि साविककै हिसाबमा पढाउने हाम्रो तयारी हो । पालिकाले शिक्षा प्रमुखको संयोजकत्वमा ७ सदस्यीय विद्यालय संचालन कार्यविधि निर्माण समिति गठनगर्दै पठनपाठनको तयारी गरेको छ । मन्त्रालयबाट जारी गरिएको विद्यार्थी सिकाई सहजीकरण निर्देशिका ०७७ अनुसार उच्च सर्तकता अपनाउँदै पठनपाठन अघि बढाउने तयारी भइहेको शिक्षा शाखा प्रमुख ढकालले प्रष्ट्याए । 

'हामीले विद्यार्थीको पठनपाठन पहिलो प्राथमिकतामा राखेका छौं,' बढैयाताल गाउँपालिकाका अध्यक्ष लालबहादुर श्रेष्ठले बताए । कोभिडबाट उच्च सर्तकता अपनाउँदै पढाइ सुरु हुन्छ,' उनले भने,' विद्यालय संचालनका क्रममा असहजता लगायत व्यवस्थापनमा कठिनाइ आइपरे गाउँपालिकाले पूर्ण सहयोग गर्छ ।'    


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.