प्रदेश-२ मा कोरोना संक्रमण र मृत्युदर उच्च

प्रदेश-२ मा कोरोना संक्रमण र मृत्युदर उच्च

जनकपुरधाम : नेपालमा कोरोनाको (कोभिड-१९) संक्रमण प्रकोप सुरु भएदेखि नै प्रदेश २ उच्च जोखिममा छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सूचकले समेत प्रदेश २ उच्च जोखिममा रहेको देखाउँछ। संक्रमण र मृत्युदरले प्रदेश २ को अवस्थालाई जोखिम प्रदेशको चित्रण गर्छ। बिहीबारसम्म देशभरी ४ सय ५३ जनाको कोरोनाले मृत्यु भएको छ। 

जसमध्ये प्रदेश २ का मात्र १ सय २४ जना छन्।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रदेश २ का आठै जिल्लालाई ‘रेड जोन’मा राखेको थियो। देशभर कुल रेड जोनमा रहेका जिल्लाको संख्या ११ मध्ये ८ जिल्ला प्रदेश २ मै थिए। अहिलेलाई सबै जिल्ला रेडजोन बाहिर रहेको वरिष्ठ जनस्वास्थ्य प्रशासक विजय झाले बताए। मन्त्रालयले पाँच सयभन्दा बढी सक्रिय संक्रमित रहेको जिल्लालाई रेड जोनमा राख्दै आएको छ।

कोभिड-१९ को संक्रमणबाट भएको मृत्युको करिब २८ प्रतिशत प्रदेश २ मा रेकर्ड गरिएको छ। देशभरि कोभिड-१९ ले हुने मृत्युदर शून्य दशमलव ६० प्रतिशत रहेपनि प्रदेश २ मा मृत्युदर करिब १ प्रतिशतको हाराहारीमा छ। यो अझै बढ्ने अनुमान गरिएको छ। यी तथ्याङकहरुलाई केलाएर हेर्दा जिल्लागत रुपमा प्रदेश २ कै अवस्था अत्यन्तै चिन्ताजनक देखिन्छ। प्रदेश २ मा सबैभन्दा बढी पर्सामा २४ सय ७०, सर्लाही १८ सय ६६, धनुषा १८ सय ८३, रौतहट १८५०, महोत्तरी, १४ सय १७, बारा १२ सय ४२, सप्तरी, ११ सय ९० र सिरहामा ११ सय ६१ संक्रमित रहेका छन्।  

प्रदेश २ मा कोभिड-१९ को जोखिम उच्च हुनुको कारण खुला सीमा, परीक्षण र कन्ट्याक्ट ट्रेसिङमा लापरवाही तथा कमजोर स्वास्थ्य पूर्वाधार रहेको चिकित्सक डा. अजय झा बताउछन्। 

मन्त्रालयले प्रदेश २ मा कोभिड-१९ को जोखिम न्यूनीकरण गर्न तीन सदस्यीय टोली गठन गरेर स्थलगत अध्ययन प्रतिवेदन बुझाउन दिएको कार्यदेश बमोजिम स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. दिपेन्द्र रमण सिंह नेतृत्वको समितिले प्रतिवेदन बुझाएको छ। प्रतिवेदनमा कमजोर स्वास्थ्य पूर्वाधार र नागरिक स्वयंको असंवेदनशीलताले प्रदेश २ को अवस्था अझै कमजोर देखिन्छ। 

करिब ६० लाख जनसंख्या रहेको प्रदेश २ मा छ वटा पीसीआर उपकरण जडान गरिएको छ। प्रदेश २ को सामाजिक विकास मन्त्रालयका वरिष्ठ जनस्वास्थ्य अधिकृत विजयकुमार झाले प्रत्येक जिल्ला अस्पतालमा एउटा-एउटा पीसीआर उपकरण राख्ने तयारी गरिए पनि प्राविधिक समस्याका कारण खरिद गर्न नसकेको बताए। 

अहिले प्रदेश २ को वीरगञ्जमा दुई, सप्तरीको राजविराज, जनकपुर, रौतहट र बर्दिबासमा एक गरेर पीसीआरका ६ वटा प्रयोगशाला छन्। 

  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.