जलमग्‍न विराटनगर

जलमग्‍न विराटनगर

विराटनगर : केही दिनयता निरन्तर आएको वर्षाले प्रदेश १ को राजधानी विराटनगर महानगरपालिका जलमग्न भएको छ । केही दिनयता परेको अबिरल वर्षाले विराटनगर महानगरपालिकाका अधिकांश क्षेत्र जलमग्न भएको हो ।

वर्षाले राजधानीको अधिकांश सडकमा पानी जमेको छ भने हिलाम्बे बनेको छ । सडकमा जथाभावी थुपारिएको निर्माण सामग्री, उच्च सडकको फितलो योजना, विकल्प बिना खनिएका नाला जस्ता कारणबाट महानगर जलाशयमा परिणत भएको स्थानीयले बताए।

'सडकमा हिडिसक्नु छैन, वर्षायाम सुरु भएलगत्तै विगतको भन्दा विकराल अवस्था भयो, विराटनगर ६ का जफर अहमद जमालीले भने, 'जथाभावी सडक निर्माणको कामले नगरबासीले सास्ती खेप्नु परेको छ।'

निकासबारे महानगरले नसोच्दा पानी जमेर सर्वसधारणे सास्ती खेप्नु परेको उनले बताए । समस्याको ख्याल नगरेर काम अघि बढाएकाले सास्ती खेप्नु परेको  उनको भनाइ रहेको छ ।  

महानगरमा जारी अव्यवस्थित सहरी विकास निर्माणका कारण पानीले निकास नपाएपछि महानगर जलमग्न भएको हो ।  गएको  बुधबार रातीदेखि परेको अविरल पानीले निकास नपाएपछि विराटनगर जलमग्न हुदा स्थानीयलाई सास्ती खेप्नु परेको छ।

एकैपटक नगरक्षेत्रका अधिकांश बाटा र नाला भत्काइएकाले पानीले निकास नपाउँदा नगरक्षेत्रका सडकसहित स्कुल,अस्पताल,कार्यालय र अस्पतालमा पानी पसेका कारण सेवा लिन आउने सर्वसाधारण मर्कामा परेका छन् भने कतिपयको घरमा वर्षाको पानी पसेको छ।

नगर क्षेत्रका बाटाघाटा जलमग्न र हिलाम्मे भएपछि सर्वसाधारणलाई सवारीसाधन चलाउन र आउजाउमा समस्या भएको छ ।  निरन्तर वर्षा भइरहेकाले नगरक्षेत्रभित्र भएर बग्ने खोलाहरुको जलस्तर बढ्ने भन्दै स्थानी त्रसित भएका छन्।  

खोलाको जलस्तर बढ्न सक्ने भन्दै खोला आसपास घर बनाएर बस्दै आएका सुकुम्बासी बस्तीमा स्थानीय केशलीयाको पानी पसेको हो  । यद्यपी पानी घट्ने क्रममा रहेको स्थानीय पञ्चु रिसिदेवले बताए  ।  

अझै पनि वर्षा केही दिन हुने पानी पर्ने विभागको सूचनाले खोलामा जलस्तर बढ्ने भन्दै त्रसित भएको स्थानीयहरु विराटनगर १२ का राधे कामतले बताए  ।  नगरक्षेत्रका नालाहरु तोडफोड गरिएको र भएका नालाहरु समेत घर तथा अफिसबाट उत्पादन हुने फोहोरका कारण जाम भएपछि अस्वाभाविकरुपमा विराटनगर जलमग्न भएको हो ।

ठोस गुरू योजना नल्याइ हतारमा सुरू गरिएको विराटनगरको विकास निर्माणले यस वर्षको वर्षायाम सुरु भएदेखि नै नगरबासीलाई ठूलै पीडा र सास्ती दिने भन्दै नगरवासीहरुले चिन्ता व्यक्त गरेका छन्।  

विराटनगर बजार क्षेत्र र बजार पेरिफेरीका करिब करिब सबै वडामा विकास निर्माणको काम आधा मात्र भएकाले निरन्तर पानी परे स्थानीय अझ बढी प्रभावित हुने चिन्ता बढेको छ ।  

सामान्य मर्मत सम्भार गरेर वर्षायामा हिँडडुल गर्न बनाउनतर्फ महानगरले लाग्नु पर्ने कालिम जमालीले बताए । कोरोना भाइरस संक्रमण  नियन्त्रण गर्न विराटनगर महानगरपालिकाले गरेको लकडाउन पछि अहिले काम फेरि सुरु गरेकाले सडकको अवस्था अस्तव्यस्त भएको छ ।  

लगातारको झरीका कारण  निकास नपाउँदा महानगरपालिकाको दक्षिणी वडाहरु डुबानमा परेका छन् । ती क्षेत्रका सडकका कतिपय ठाउँमा २ फिटसम्म पानी जमेको छ । सडकमा जमेको पानी स्थानीयको घरहरुमा समेत प्रवेश गरेको छ । 

जसका कारण सर्वसाधारणको जनजीवन असहज भएको छ । प्रदेश प्रहरी कार्यालय नजिकैको रहेको विराटनगर १६ को कटनमिल टोलको सडकबाटै खोला बगेको छ । उक्त सडकबाट दुई फिट जति पानीको तीब्र बहाव बगेको छ । वर्षातको पानीको उचित निकास नभएको तथा होचो ठाउँ भएकाले सामान्य वर्षामा बस्तीका सडक तथा टोलहरु जलमग्न हुने गरेको स्थानीय सुरज रायले बताए ।   

विराटनगर–१६ कै बर्मा टोलपनि पूर्णरुपले जलमग्न भएको छ । उक्त क्षेत्रका सडक पानीले भरिएको छ भने स्थानीयबासीको घरआँगन पोखरीमा परिणत भएको छ । बर्मा टोलको ५० बढी परिवारको घरआँगन जलमग्न भएको छ ।

बर्माटोलमा कालोपत्रे सडक र दुवै छेउ नाला निर्माण गरिएको भएपनि निर्मित नालाहरुले पानीको बहाव नथेग्ने भएका कारण ओभरफ्लो भएर जलाम्मे भएको हो। सामान्य पानी पर्ने बित्तिकै पानी जम्ने बर्मा टोल पछिल्लो समयको झरीले पुरै जलाम्मे भएको स्थानीय राधा गुरागाईले बताइन्। विरानगर १२ को सुकुम्बासी वस्तीमा पानी पसेको छ । 

सोही क्षेत्रमा पर्ने विराटनगर आँखा अस्पतालको सडकमा तीन फिटसम्म पानी जमेको छ । यसैगरी खाकी बाबा आश्रम र भेटिनरी अस्पताललगायतका कार्यालयको प्राङगणमा समेत पानी जमेको छ । जसका कारण सेवाग्राही तथा कार्यालयका कर्मचारीहरुले सास्ती खेप्नु परेको छ ।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.