पाल्पा पहिरो : बेपत्तामध्य चार जनाको शव भेटियो
तानसेन : पाल्पाको रम्भा गाउँपालिका-२ फोक्सिङकोटमा पहिरोमा परी बेपत्ता भएका ६ जना मध्ये ४ जनाको शव भेटिएको छ। विहिबार एक जना र शुक्रबार विहान तीन जना गरी चार जनाको शव भेटिएको हो।
फोक्सिङ्कोट सुरुमडाँडामा विरबहादुर गाहाको पहिरोले घर पुरिदा बेपत्ता २७ वर्षीया मोतिसरा गाहाको बिहीबार नै शव भेटिएको हो, हुमबहादुर गाँहाको घर पहिरोले पुर्दा वेपत्ता भएका पाँच जना मध्ये तीन जनाको शव शुक्रवार भेटिएको हो। पुरिएर मृत अवफोक्सिङकोट बेलौजाका १७ वर्षीया कृष्णामाया गाहा (छोरी), १४ वर्षीया खुमीसरा आले (नातिनी) र ८ वर्षीया लक्ष्मी गाहा (नातिनी) को शव फेला परेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक मदन गिरीले बताए।
पहिरोमा पुरिएर ६३ वर्षीय हुमबहादुर गाहा र उनकी श्रीमती ४७ वर्षीया धनीसरा गाहाको खोजीकार्य जारी रहेको प्रहरीले जनाएको छ। नेपाली सेना, प्रहरी र प्रहरी बल, स्थानीय बासिन्दा खोजी कार्यमा जुटेका छन्। निरन्तर झरी र पहिरो जाने क्रम नरोकिएपछि शुक्रबार बिहानबाट मात्रै बेपत्ताहरुको खोजीकार्य सुरु भएको हो । निरन्तरको अविल वर्षाले विहिबार पहिरोले फोक्सिङकोट सुरुमडाँडामा एक र बेलौजाका तिन घर पुरिएका थिए। अविरल वर्षासँगै घरमाथिबाट आएको पहिरोले घर पुरिदा ६ जना बेपत्ता भएका थिए।
प्रतिक्रिया दिनुहोस !