सात घण्टामा हत्या आरोपित पक्राउ

सात घण्टामा हत्या आरोपित पक्राउ

दमौली : तनहुँ प्रहरीले एक हत्याको घटनामा सूचना पाएको सात घण्टाभित्र संदिग्ध व्यक्तिलाई पक्रेको छ। शुक्लागण्डकी-७ कुम्लेखोलाकी ६० वर्षिया तेजकुमारी ढकाल शुक्रबार विहान मृत अवस्थामा भेटिएकी थिइन्। घरभित्रै झुण्डिएको अवस्थामा भेटिएकी ढकालको मृत्यु हेर्दा हत्या जस्तो पनि देखिन्थ्यो। उनको छातीमा धारिलो हतियार प्रहार भएको देखिन्थ्यो। घाँसीमा सल बाँधेको ढकालको शवमा हात र खुट्टा पनि बाँधिएको भेटिएको थियो।

तर शरिरका विभिन्न भागमा धारिलो हतियारको चोट भएकाले प्रहरीले घटनालाई शंकास्पद ठानेर अनुसन्धान गर्‍यो। तनहु्ँका प्रहरी प्रमुख एसपी अरुण पौडेलको टोलीले घटनाको अनुसन्धान थालेको थियो। घटना भएको सात घण्टाभित्रै संदिग्ध व्यक्ति पक्रन प्रहरी सफल भएको छ।

घटनामा संलग्नताको आरोप लागेका गोरखा भिमसेन थापा गाउँपालिका-१ बसेनी निवासी ४६ वर्षका शिव गौतमलाई घटना सार्वजनिक भएकै दिन शुक्रबार दिउँसो तीन बजे  व्यास २ स्थित सहिदगेटबाट प्रहरीले पक्रेको हो। महिलाको बिहिबार राती हत्या भएको प्रहरीको अनुमान छ। तर शुक्रबार विहान मात्र प्रहरीले सूचना पाएको थियो। ‘सूचना पाउने बित्तिकै हामीले विभिन्न टोली खटाएर गरेको अनुसन्धानले अभियुक्त घटनास्थलबाट भागेको थाहा पायौं,’ उनले भने,‘चेकजाँचकै क्रममा उनी पक्राउ परेका हुन्।’

मृतक महिला एक्लै टहरोमा व्यवसाय गर्दै आएकी थिइन्। उनको साथबाट केही सुन समेत लुटिएकाले चोरी पश्चात उनको हत्या भएको ठानिएको छ। हुलिया बदलेर दमौली आईपुगेका गौतमलाई पक्राउ गरेर थप अनुसन्धान गरिएको प्रहरीको भनाई छ। 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.