घुमघाममा मुस्ताङी

घुमघाममा मुस्ताङी

जोमसोम : मुस्ताङको पर्यटन क्षेत्र कोरोनाको प्रभावका कारण ६ महिना अघिबाट ठप्प छ। हिउँदयामपछि वसन्त ऋतुको आगमनसँगै पर्यटकको गुल्जार हुने मुस्ताङ यस वर्ष भने कोरोनाकै कारण शून्य भएको हो।

विगतमा यही समय मुस्ताङ घुम्ने पर्यटकले तल्लो मुस्ताङदेखि उपल्लो मुस्ताङसम्मका साना–ठूला होटल खचाखच भरिन्थ्यो। त्यस समय मुस्ताङले नै थेग्न नसक्ने गरी पर्यटक जिल्लामा ओइरिन्थे। यहाँका सबैखाले पर्यटन व्यवसायलाई पाउना उम्काउन सास फेर्नसमेत फुर्सद मिल्दैनथ्यो। सडकमार्गबाट दिनहुँ सयौं पर्यटक आउँथे भने हवाई सेवामार्फत पनि दैनिक दुई सयदेखि तीन सय पर्यटक मुस्ताङ भित्रिन्थे। बर्खायाम लागेपछि दैनिक १२ देखि १८ पटकसम्म हवाई उडान हुन्थ्यो। पछिल्लो समय मुस्ताङ आउजाउ गर्न सडकसञ्जाल सहज भएपछि मुस्ताङमा पर्यटकको फ्लो बर्सेनि वृद्धि भइरहेको थियो। पर्यटकको आगमन दर वृद्घिसँगै जिल्लामा नयाँ आधुनिक होटल सञ्चालन गर्ने संख्या बढ्यो।

मुस्ताङमा पर्यटनको गुल्जार हुँदा व्यवसायीलाई मात्र होइन जिल्लामा उत्पादिक कृषिजन्य वस्तु स्याउ, खुर्पानी, ओखर, चिची, नासपाती, रायो साग, बन्दा, च्याउसमेत उत्तिकै बिक्थ्यो। त्यतिमात्र होइन फलफूल तथा तरकारी प्रशोधनका विभिन्न भेराइटीसमेत यहाँबाट पर्यटकले कोसेलीको रूपमा लैजान्थे। तर, यसपटक भने कोरोना कहरकै कारण मुस्ताङीले त्यो फाइदा लिने अवसरबाट चुके।

सधैभरि पर्यटक पर्खाइमा बस्ने मुस्ताङका पर्यटन व्यवसायी कोरोना कहरका कारण व्यवसाय चौपट हँुदा पनि रत्तिभर बिचलित छैनन्। जोमसोमस्थित होटल ताजकी सञ्चालिका तृष्णा गौचन शेरचनले तत्कालको आर्थिक आम्दानीभन्दा स्वास्थ्य नै ठूलो धन भएको बताइन्। विश्वव्यापी महामारी कोरोना कहरमा स्वास्थ्य बचाउन सके नियमित व्यवसाय पछि पनि गर्न सकिने उनले स्पष्ट पारिन्। यस्तै, मुस्ताङ उद्योग वाणिज्य संघका अध्यक्ष तथा होटल म्याजेस्टिका सञ्चालक खगेन्द्र तुलाचनले कोरोना कहरले विश्व बजारको अर्थतन्त्र नै ध्वस्त भइरहेको अवस्थामा मुस्ताङमा पर्यटक अवस्था शून्य हुनु आश्चर्य लाग्दो नभएको बताए। यो बेला होसियारी र सावधानीले मात्र कोरोनाबाट सुरक्षित रहन सकिने उल्लेख गर्दै जिल्लाका पर्यटन व्यवसायीलाई धैर्य अपनाउन आग्रह गरे।

मुस्ताङ जिल्ला गण्डकी प्रदेशकै एक मात्र कोरोनामुक्त जिल्लाको रूपमा कायमै छ। यसअघि यहाँ एक ८६ वर्षीय पुरुषले कोरोना जितेपछि मुस्ताङ कोरोनामुक्त भयो। जिल्ला कोरोनामुक्त भए पनि यहाँ कोरोना भित्रिनसक्ने अधिक सम्भावना रहेको सरोकारवाला बताउँछन्। कोरोना कहरकै कारण जिल्लामा उत्पादित फलफूल तथा तरकारीको बजारीकरणमा समेत समस्या परेको छ। कोरोना प्रभावले पर्यटक नआएर जिल्ला सुनसान बनेपछि यहाँका मानिसहरू जिल्लाभित्रकै आन्तरिक पर्यटकीय स्थलको घुमफिरमा व्यस्त हुन थालेका छन्।
तल्लो मुस्ताङका पर्यटन व्यवसायी घुमफिरमा छन्।

उपल्लो मुस्ताङका तल्लो मुस्ताङ र तल्लो मुस्ताङका पर्यटन व्यवसायी उपल्लो मुस्ताङको पर्यटकीयस्थलको घुमफिरमा रमाउन थालेको जोमसोमका स्थानीय अजित थकालीले बताए। तल्लो मुस्ताङका व्यवसायी गाउँ/गाउँ र टोल/टोलको समूहगत रूपमा उपल्लो मुस्ताङको दामोदरकुण्ड, लोमान्थाङ, कोरलानाका, लोघेकर गुम्बा, चराङ गुम्बा र लुरी गुम्बालगायत पर्यटकीयस्थलको भ्रमण गर्ने गरेका छन् भने उपल्लो मुस्ताङीहरू मुक्तिनाथ मन्दिर, कागबेनी, जोमसोम, ढुम्बाताल, यारुझो भ्युटावर, कुछप तेरङ्गा गुम्बा, कैसाङ क्याम्प, तिलिचोताल, सेकुङ, भुतर्छो, टिटीताललगायत पुगेर रमाउने गरेको थकालीले उल्लेख गरे। जिल्लाभित्रै आन्तरिक पर्यटन व्यवसायीको घुमफिरले बाह्य पर्यटकको अभावलाई आंशिक पूर्ति गर्ने गरेको छ। त्यसो त जिल्लाभित्र कर्मचारी, शिक्षक तथा स्थानीय युवासमेत जिल्लाभित्रै घुमफिर गरी कोरोना कहरको समय सदुपयोग गर्ने गरेको पाइएको छ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.