बिरामी भएपछि अनशन तोडियो

बिरामी भएपछि अनशन तोडियो

दमौली : स्वास्थ्य अवस्था खराब बन्दै गएपछि दमौलीमा अनशन बसेका दुई युवाको अनशन तोडिएको छ। चिकित्सक डा. गोविन्द केसीको मागमा ऐक्यबद्धता जनाउँदै अनशन बसेका दमौलीका सागर घिमिरेको स्वास्थ्य अवस्था कमजोर बनेपछि चिकित्सकले अनशन तोड्न सुझाव दिएका थिए। अर्का युवा विनोद सापकोटाको अवस्था सामान्य भए पनि घिमिरेको स्वास्थ्य खराब भएको भन्दै चिकित्सकले सुझाव दिएपछि उनको अनशन तोडाइएको छ।

उनीहरुलाई लायन्स डिष्ट्रिक्ट ३२५ बी १ का पूर्व गर्भनर एवं व्यास शिव पाञ्चायन क्षेत्र विकास कोषका अध्यक्ष अशोककुमार श्रेष्ठले फलफूल र जुस खुवाएर अनशन तोडाए। 

शुरुमा १९ घण्टे अनशन थालेका घिमिरे र हमालको अनशन विहान ६ बजे सकिंदैथियो। तर विहान उनीहरुले थप २४ घण्टा अनशन बस्ने निर्णय गरेका थिए। थपिएको समयमा समस्या भए पछि उनीहरुले दिउँसो अनशन तोडेका हुन्।

अनशन तोड्नासाथ घिमिरेलाई अस्पताल भर्ना गरिएको छ। उनलाई दमौली अस्पतालमा लगेर स्लाईन चढाइएको छ। उनको स्वास्थ्य अवस्थामा सुधार भैरहेको अभियानका सदस्य सुनिल श्रेष्ठले जानकारी दिए। 


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.