डडेल्धुराको भागेश्वरमा सशस्त्रको बोर्डर आउट पोष्ट स्थापना

डडेल्धुराको भागेश्वरमा सशस्त्रको बोर्डर आउट पोष्ट स्थापना

डडेल्धुरा : नेपाल-भारतसँग सीमा जोडिएको भागेश्वर गाउँपालिकामा नेपाल बोर्डर आउट पोष्ट स्थापना गरिएको छ । भागेश्वर गाउँपालिका–१ रुपालको सेल्टुडामा सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट स्थापना गरिएको हो ।

सीमा सुरक्षाका साथै तस्कर चोरी सिकारी, तस्करीका साथै आपराधिक घटनामा नियन्त्रणका लागि सिमानामा बोर्डर आउट पोष्टको संख्या थप्ने क्रममा भागेश्वर गाउँपालिकाको सेल्टुडामा बिओपी स्थापना गरिएको सशस्त्र प्रहरी ले जनाएको छ ।

यस पूर्व भारतको सीमा नाकासँग जोडिएको परशुराम नगरपालीकाको साँदनी बजार, परीगाउँ र अर्सुरानी गाउँमा सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट स्थापना गरिएको थियो ।

सीमा सुरक्षाका साथै सीमामा हुन सक्ने आपराधिक घटनामा नियन्त्रणमा सशस्त्रले अहम भूमिका निर्वाह गर्ने भागेश्वर गाउँपालिकाले जनाएको छ । नेपाल प्रहरीको रुपालस्थित चौकीको पहुँचबाट टाढा भएकाले सो क्षेत्रमा विगतका दिनदेखि नै चोरी सिकारी हुने गरेको स्थानीयको दुखेसो छ।

सीमामा बोर्डर आउट पोष्टको संख्या बढाउने क्रममा भागेश्वर गाउँपालिकाको भारतसँग सीमा जोडिएको क्षेत्रमा बोर्डर आउट पोष्ट स्थाना गरिएको सशस्त्र प्रहरी बल नेपाल नं.७ बैद्यनाथ बाहिनी मुख्यालयका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक हरी शंकर बुढाथोकीले बताए ।

सीमा सुरक्षा, सीमा स्तम्भको संरक्षण र सीमामा हुने अपराधिक गतिविधि नियन्त्रणका लागि सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट स्थापना गरिएको उनले बताए ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.