कोरोना परीक्षण गराउन जादाँ नै संक्रमणको डर !
विराटनगर : प्रदेश १ को सबैभन्दा ठुलो सरकारी अस्पताल कोशी अस्पतालमा कोरोना भाइरसको संक्रमणको परिक्षण गर्ने जादाँ नै संक्रमणको हुने अवस्था छ। कोरोना भाइरसको लक्षण नदेखिए पनि शुल्क तिरेर पीसीआर परीक्षण गर्न पाइने सरकारले व्यवस्था गरेपछि व्यक्तिगत रुपमा कोरोना भाइसरको परिक्षण गर्न जादाँ संक्रमण हुने अवस्थाको सिर्जना भएको हो।
अस्पतालले परिक्षण गर्ने स्थानमा गरेको फितलो व्यवस्थापनाले परिक्षण गराउने जाने व्यक्तिलाई नै संक्रमण हुने अवस्था रहेको छ। दुई हजार ५० रुपैयाँ तिरेर परिक्षण गर्न आउँदा पनि कोरोना संक्रमण हुने त्रास उत्पन भएको विन्देश्वर मेहताले बताए। 'न त लाइनमा बस्ने व्यवस्था मिलाएको छ, न त पालै पालै परिक्षण गर्ने व्यवस्था छ' परिक्षण गर्न आएका महतो भने‘यहाँ आउँदा नै संक्रमित भएको जस्तो छु।
अस्पतालले चिकित्कसको पुर्जा रु ५०मा कटाएर पीसिआर परिक्षणको लागि थप २ हजारको रसिदहित फर्म दिएर परिक्षणको लागि पठाउने गरेको छ। विराटनगरबाट काठमाडौं जानको लागि पीसिआर परिक्षण गराउन आएका उनले भने ‘दुई दिन देखि हुलमा नपस्दा विहानै देखि आएर पनि परिक्षण गर्न सकिएन्।'
परिक्षण गराउन आउनेमा पनि कोरोना हुन सक्ने भएकाले हुललाई व्यवस्थित नगरेकाले कोरोनाको संक्रमण बढ्ने खतरा रहेको छ। रकम तिरेको रसिद लिएर जादाँ परिक्षण गर्न स्थानमा बुझाउने पर्ने प्रावधान गरिएको छ। परिक्षण गर्ने स्थानमा नाम दर्ता गराएर फर्म फिर्ता दिइने गरेको छ। पुर्जा, बिलसहित फर्म परिक्षण गर्ने स्थानमा बुझाउने स्थानमा र परिक्षण गर्दा कुनै मापढण्ड तोकिएको छैन्। विहान नै आउनेले पनि परिक्षण गराउन पाउदैन अर्को राम राजवंशीले भने ‘परिक्षण गर्ने टोली आएको बेला जो हुलमा गएर अघि बढ्छन् त्यसको मात्रै परीक्षण हुने गरेको छ।
सबैको हातमा परीक्षण स्थानमा दर्ता गरेर एउटा फर्म दिएर बाहिर राख्दा परिक्षण गर्न आउने टोलीको अगाडी पहिला जानेहरुले परिक्षण गराउन सफल हुने गरेका छन्। अस्पतालले एक जना गार्डलाई त्यहाँको व्यवस्था मिलाउन खटाएको बताए पनि गार्ड कर्मचारीसँग गेटमा बस्ने गरेको छ। 'बाहिर कुनै व्यवस्था छैन। जो आए जहाँ गएर बसे पनि वास्ता छैन्' विराटनरका आमोद झाले भने ‘परLक्षण किट लिएर आउFदा लछार पछार नै सुरु हुने गरेको छ। लछार पछार गरेर अगाडी जानेको परिक्षण हुने गरेको उनले बताए।
अस्पतालले एक दिनमा व्यक्तिगत रुपमा परिक्षण भने ४० देखि ५० जनाको गर्ने गरेको जनाएको छ। अस्पतालका मेडिकल सुप्रिडेन्ड चुमनलाल दासले व्यवस्थित गर्न एउटा गार्डलाई नै पीपीए दिएर खटाइएको बताए। उनले सेमपल कलेक्सन गर्न स्थान सानो भएकाले अर्को स्थानमा बनाउन लागेको बताए। तत्काल नै इन्जिनियरलाई ल्याएर काम अघि बढाएको जानकारी दिए।
प्रतिक्रिया दिनुहोस !