धनुषामा पहिलो पटक 'बोकाबली' निषेध

धनुषामा पहिलो पटक 'बोकाबली' निषेध

जनकपुरधाम : प्रत्येक वर्ष हिन्दुहरुको महान चाड बडादसैंको अष्टमी तथा कालरात्रीमा हुँदै आएको बोकाबली धनुषामा रोक लगाइएको छ । जनकपुरधामस्थित राजदेवी मन्दिरमा प्रत्येक वर्ष हुँदै आएको बोकाबली कोरोना (कोभिड–१९) को महामारीलाई मध्यनजर गर्दै रोक लगाउने निर्णय धनुषा जिल्ला प्रशासन कार्यालयले गरेको छ ।

 
जिल्ला प्रशासन कार्यालय धनुषामा बसेको सर्वदलिय–सर्वपक्षीय बैठकबाट कोरोना संक्रमणको त्रासलाई मध्यनजर राख्दै यस वर्षको दसैंमा बोकाबली नगर्न निर्णय गरेको हो । जिल्ला प्रशासन कार्यालय धनुषामा राजनीतिक दलका प्रतिनिधि, सुरक्षा निकायका प्रमुख, स्थानीय तहका प्रतिनिधि, युवा क्लब, गुठी संस्थान सम्मिलत बैठकमा बोकाबली नगर्ने निर्णय गरेको हो । 

बैठकमा दसैं सयम तरिकाले सावधानीका साथ मनाउन भनिएपनि जिल्लाका मन्दिरमा बोकाबली नगर्न/नगराउन तथा भीडभाड हुने क्रियाकलाप नगर्न भनिएको छ । बोकाबलीलाई रोकेर अष्टमी तिथिमा राति क्षमापूजनको आयोजना गर्न सिडियो कार्यालयद्वारा जारी गरिएको सार्वजनिक अपिलमा भनिएको छ । 

परापूर्व कालदेखि दसैंको अष्टमीमा राजदेवी मन्दिरमा बोकाबली हुने प्रथा रहिआए पनि यसवर्ष जिल्ला प्रशासनको यो निर्णयसँगै पहिलो पटक बोकबली नहुने भएको छ । राजदेवी मन्दिरमा एकै रात विश्वमा सबैभन्दा बढी बोकाबली दिइने गरिन्छ । गतवर्ष मात्र झण्डै १५ हजार बोकाबली दिइएको थियो । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.