अनुगमनमा भेटिएको म्याद गुज्रिएका सामान नष्ट

अनुगमनमा भेटिएको म्याद गुज्रिएका सामान नष्ट

डोल्पा : जिल्ला प्रशासन कार्यालय डोल्पाले म्याद गुज्रिएका खाद्यान्न सामाग्री बरामद गरि नष्ट गरेको छ। सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मीदेवी शर्माको नेतृत्वमा गएको अनुगमन टोलीले लाखौंको म्याद गुज्रिएका खाद्य तथा पेय पदार्थ बरामद गरि नष्ट गरेको हो।

मंगलबार र बुधबार दुई दिनमा म्याद गुज्रिएका करिब २९ प्रकारका खाद्य तथा पेय पर्दाथ बरामद गरि जिल्ला प्रशासनमा नष्ट गरेको छ। धेरै लामो समयपछि बजार अनुगन गरेको जिल्ला प्रशासनले बजारमा दैनिक उपभोग्य सामाग्रीहरु सप्लार्यस गर्ने होलशेलरहरुको गोदामबाट म्याद गुज्रिएका दैनिक उपभोग्य सामान बरामद गरेर ल्याएको हो। बजार अनुगमनको अधिकार स्थानीय सरकारमा छ तर नियमन निकाय जिल्ला प्रशासन भएको र नागरिकको गुनासो बढेपछि आफै बजार अनुगमनमा गएर छापा हान्दा धेरै जसो पसलहरु र होलसेल गोदाममा म्याद गुज्रिएका सामान भेटिएको सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मीदेवी शर्माले जानकारी दिइन।

सहायक प्रजिअ शर्माका अनुसार कोरोनाको कारण लामो समयसम्म बजार अनुगमन भएन बजारमा ब्यापारीले मनपरि मिति सकिएका खाद्य सामाग्री बिक्रि गरेको जानकारी पाएपछि हामीले छापा मारेको हो। लाखौं रुपैयाँको सामान बरामद गरेर नष्ट गरेको उनको भनाई छ। उनले यदि अझै पनि केहि सुचना आएको र फेरि गलत गरेको भेटिए कानुन बमोजिम कारवाही हुने बताइन। कम मिति भएका सामान डोल्पा आउने गरेको र त्यहि माथि पनि मिति सकिएको सामान माथिल्लो डोल्पा जाने गरेको सुचना पाएको उनले बताइन्।

माथिल्लो डोल्पा सामान लिने नागरिक सचेत हुन प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले आग्रह गरे। प्रजिअ सुनारले भने 'हामी उपभोक्ताको स्वास्थ्यमा खेलवाड गर्नेलाई मुक्ति दिदैनौं कारवाही हुन्छ पहिला सचेत गराउँछौ।' बजरमा भएका अनियमितताको गुनासा बढि रहेकोले स्थानीय सरकार र उद्योग वाणिज्यसँग सहकार्य गरेर नियमित अनुगमन बढाउने प्रजिअ सुनारले बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.