वडा कार्यालयमा तालाबन्दी
डडेल्धुरा : लक्षित वर्गको रकम पहुँचवालाको हातमा गएको भन्दै अमरगढी नगरपालिका–१ को कार्यालयमा स्थानीयले तालाबन्दि गरेका छन्। सोमबार स्थानीयले एक विज्ञप्ति जारी गर्दै लक्षित समुदायका लागि आएको बजेट पहुँचवालाले लगेको विषयमा छानविन हुनुपर्ने भन्दै तालाबन्दि गरेका छन्।
अमरगढी–१ मालमको समैजी सार्की टोलका लागि वडा कार्यालयले बाख्रापालनका लागि रकम विनियोजन गरेको थियो। लक्षित वर्गको रकम पहुँचवालाको हातमा गएको भन्दै लक्षित समुदायका स्थानीय आक्रोसित भएर वडा कार्यालयमा तालाबन्दि गरेका हुन्।
वडाले विनियोजन गरेको एक लाख रकम गाउँका टाठाबाठाहरुले किर्ते हस्ताक्षर गर्दै ३० हजार रुपैयाँ पेश्की बुझेको आरोप स्थानीयल लगाएका छन्। बाँकी ७० हजार रुपैयाँ भुक्तानीका लागि नगरपालिकामा सिफारिस गरिएको छ। वडा नं १ का ३० घरधुरीका दलितलाई लक्षित गरेर एक लाख रुपैयाँ विनियोजन भएको थियो।

प्रतिक्रिया दिनुहोस !