कोरोना परीक्षण : नेपालमा नेगेटिभ, हङकङ पुग्दा पोजिटिभ

कोरोना परीक्षण : नेपालमा नेगेटिभ, हङकङ पुग्दा पोजिटिभ

हङकङ : नेपालबाट हङकङ आएका यात्रुहरूमा कोरोना पोजिटिभ देखिएको छ । नेपाल एयरलाइन्सको ए ३२० विमानबाट २९ सेप्टेम्बरमा हङकङ अवतरण भएका ६ यात्रुमा कोरोना संक्रमण देखिएको हो। 

नेपालबाट पीसीआर परीक्षणको नेगेटिभ नतिजा देखिएको प्रमाणपत्र बोकेका यात्रुहरूको हङकङ अवतरणपश्चात् पुनः परीक्षण गरिएको थियो। हङकङमा गरिएको परीक्षणमा ६ जना नेपालीमा कोरोना पोजिटिभ देखिएसँगै थप उडान प्रभावित बनेको छ। केही समय छुट्टी मनाउन हङकङबाट नेपाल गएका नेपाली कोरोना त्रासकै कारण पनि हङकङ फर्किरहेका छन्।

हङकङमा कोरोना संक्रमण खतरामुक्त अवस्थामा छ। स्थानीयमा तीव्र संक्रमणपछि कडा सामाजिक दूरीको नियम र कोरोना प्रतिरोधात्मक कार्यक्रममार्फत संक्रमितको संख्या न्यून बनाइएको छ। नेपालमा कोरोना संक्रमणको खतरा बढ्दै गएपछि चाडपर्व नजिकिदै गर्दा पनि हङकङ आउनेको संख्या बढेको हो। 

हङकङ आइपुगेका यात्रुमध्येका एकले नेपालमा कोरोना परीक्षण भरपर्दो नदेखिएको बताए। उनले भने, 'भर्खरै परीक्षण गर्दा नेगेटिभ रिपोर्ट आयो। करिब ५ घण्टाको उडानपछि हङकङ विमानस्थलमा परीक्षण गर्दा पोजिभिट देखियो। अब के गर्ने ? कसको विश्वास गर्ने ? ७२ घण्टा मान्यताप्राप्त रिपोर्ट १०/१२ घण्टामै फरक देखियो।' 

नेपाल एयरलाइन्सका कन्ट्री म्यानेजर नवराज उपाध्याय भन्छन्, ‘पाँच जनाभन्दा बढीलाई कोरोना संक्रमण भएकै कारण हाम्रा केही उडान स्थगित भए। अब १९ अक्टोबरबाट उडान सुचारु हुनेछ।'
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.