‘एनआरएनएसँग सहकार्य’

‘एनआरएनएसँग सहकार्य’

काठमाडौं/ब्रसेल्स: प्रधानमन्त्री केपी शर्मा ओलीले समृद्ध नेपालको सपना पूरा गर्न गैरआवासीय नेपाली संघसँग सहकार्यका लागि सरकार उत्साहित रहेको बताएका छन्। मुलुकको विकासका निम्ति प्रविधि तथा ज्ञानको प्रयोग गर्न आवश्यक रहेको भन्दै प्रधानमन्त्री ओलीले ज्ञान, सीप र प्रविधिको विकास अब नेपाल आफैंले गर्ने र आवश्यक प्रविधि भित्र्याउने बताए। 

शुक्रबारदेखि भर्चुअल माध्यमबाट  सुरु भएको गैरआवासीय नेपाली संघको दोस्रो विश्व ज्ञान  सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफ्नै देश समृद्ध र सक्षम बनाउन चाहने एनआरएनको सोचलाई सरकारले उत्साहका साथ लिएको प्रतिक्रिया दिए। नेपाली अर्थतन्त्र अझै सक्षम नभइसकेकाले बाहिरी लगानी भित्र्याउन आवश्यक रहेको र त्यसमा एनआरएनएले महत्त्वपूर्ण भूमिका खेल्न सक्ने प्रधानमन्त्री ओलीको भनाइ थियो। 

गैरआवासीय नेपाली संघले उठाएको माग सरकारले पूरा गर्ने क्रममा रहेको बताउँदै प्रधानमन्त्री ओलीले गैरआवासीय नेपालीलाई नागरिकता प्रदान गर्ने विषय अघि बढिसकेको जानकारी दिए। यसैगरी सरकारको पहिलो प्राथमिकता जनताको जीवन रक्षा रहेको बताउँदै  प्रधानमन्त्री ओलीले कोरोना महामारीका बेला जनतालाई केही अप्ठ्यारो नहोस् भन्नेमा सरकारले पूर्णत ध्यान दिइरहेको बताए। यसैगरी परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोरोना महामारीले बहुआयामिक चुनौती थपिएको भन्दै ती चुनौतीको सामना गर्न विश्वभर छरिएर रहेका ऊर्जावान् नेपालीको सहयोग अपरिहार्य हुने बताए। 

नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले  गैरआवासीय नेपालीले नेपालको अर्थतन्त्र चलायमान बनाउन एनआरएनएसँग सहकार्य गर्न निजी क्षेत्र तयार रहेको बताइन्।  एनआरएनएका संस्थापक अध्यक्ष डा. उपेन्द्र महतोले मातृभूमिलाई यतिबेला ज्ञान, सीप र बौद्धिकताले अघि बढाउनुपर्ने बेला भएकोले त्यही आवश्यकता पूर्ति गर्न सम्मेलन प्रभावकारी हुने विश्वास व्यक्त गरे। नेपाली विज्ञ तथा उद्यमीले स्वास्थ्य र कृषि क्षेत्रमा ठोस योजना ल्याए त्यसको लागि पुँजी संकलनको जिम्मा आफूले लिने उनले स्पष्ट पारे।

एनआरएनएका पूर्वअध्यक्ष एवं संरक्षक जीवा लामिछानेले अहिलेको युगमा ज्ञान प्रविधि  र सीप हस्तान्तरण विकासको लागि महत्त्वपूर्ण हुने बताए। लामिछानेले ज्ञानमा आधारित अर्थतन्त्रको निर्माणका लागि गैरआवासीय नेपालीसँग रहेको ज्ञान सीप र प्रविधि तथा मानव संशाधन प्रयोग गर्न अहिले महत्त्वपूर्ण समय रहेको प्रष्ट्याए। उनले नीति निर्माण तहमा गैरआवासीय नेपाली विज्ञहरूलाई समेत सहभागी गराउन सरकारसँग आग्रह गरे। 

एनआरएनएका पूर्वअध्यक्ष एवं संरक्षक देवमान हिराचनले एनआरएनए संस्था मात्रै नभई एक अभियान भएकोले स्वदेशका लागि केही गर्ने समय आएको बताए। त्यसैगरी पूर्वअध्यक्ष तथा संरक्षक शेष घलेले कोरोना महामारीको कहरबाट जुध्दै गरेको मातृभूमिलाई आफ्नो तर्फबाट जे जसरी हुन्छ सहयोग गर्न आह्वान गरे । पूर्वअध्यक्ष भवन भट्टले विश्वव्यापीकरणको यस युगमा संसारभरका नेपालीले आर्थिक र बौद्धिक समृद्धिलाई अघि बढाउन एनआरएनएको महत्त्वपूर्ण भूमिका औंल्याए। 

एनआरएनएका अध्यक्ष कुमार पन्तले विदेशमा आर्जन गरेको ज्ञान, सीप र प्रविधि स्वदेशमा भित्र्याउन सम्मेलन कोसेढुंगां सावित हुने बताए।  कार्यक्रममा महासचिव डा. हेमराज शर्माले गैरआवासीय नेपाली भौतिक रूपले टाढा भए पनि भावनात्मक हिसाबले सदैव स्वदेशसँगै जोडिएको बताउँदै नेपाल बाहिर रहेको विज्ञता मुलुकको समृद्धि र विकासका लागि प्रयोग गर्न सरकारको ध्यानाकर्षण गराए। त्यसैगरी महिला उपाध्यक्ष रविना थापाले गैरआवासीय नेपाली जहाँ बसे पनि स्वदेशप्रतिको जिम्मेवारीबाट कहिले पछि नहटेको बताइन्। 

आइतबारसम्म चल्ने सम्मेलनमा चार वटा प्लेनरी र विविध विषयमा १५ वटा सिम्पोजियम सत्र रहनेछन्। साथै २५ भन्दा बढी देशका एक सयभन्दा बढी प्रतिष्ठित विश्वविद्यालय, अनुसन्धान केन्द्रहरूबाट तीन सयभन्दा बढी प्रस्तोताहरूको सहभागिता रहनेछ।  सम्मेलनमा दुई सय वटा कार्यपत्र प्रस्तुत गरिनेछन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.