बार एशोसिएसन बर्दियामा प्रजातान्त्रिक प्यानल विजयी

बार एशोसिएसन बर्दियामा प्रजातान्त्रिक प्यानल विजयी

गुलरिया : बर्दिया जिल्ला अदालत बार एशोसिएसनको कार्यसमितिमा प्रजातान्त्रिक कानून व्यवसायीहरुको प्यानल विजयी भएको छ। शनिबार भएको निर्वाचनमा प्रगतिशील प्यानललाई पराजित गर्दै प्रजातान्त्रिक प्यानलबाट १३ सदस्यीय कार्यसमिति निर्वाचित भएका हुन्।

प्रजातान्त्रिक समूहबाट अध्यक्ष पदमा काशीराम चौधरीले ४९ मत प्राप्त गरी विजयी भएका छन्। उनका प्रतिद्वन्दी निर्मल सिग्देलले ३१ मत प्राप्त गरे। सोही समूहबाट क्रमशः उपाध्यक्षमा उदयमणी आचार्य ४६ मत, सचिवमा लक्ष्मी नेपाल ४८ मत, कोषाध्यक्षमा कमलप्रसाद गुप्ता ४५ मत प्राप्त गरी विजयी भएको निर्वाचन समितिका संयोजक राधेश्याम चौधरीले जानकारी दिए।

प्रगतीशिल समूहबाट क्रमशः उपाध्यक्ष पदमा देवीराम भण्डारी ३५ मत, सचिव रमेश चौधरी ३३ मत, कोषाध्यक्ष विन्दु जि.सीले ३६ मत प्राप्त गरेका छन्। सदस्य पदमा प्रजातान्त्रिक समूहका गोपाल रेग्मी ४५ मत, विश्वनाथ श्रेष्ठ ४२, धर्मराज घर्ती ४२, सुरत बहादुर चौधरी ४७, जीवन कुमार शर्मा ४०, बृजमोहन चौधरी ४२, रविन्द्रनाथ चौधरी ४१, गोविन्द प्रसाद खनाल ४० र गोपाल पोख्रेलले ४१ मत प्राप्त गरी विजयी भएका हुन्।

पार्षदहरुमा प्रातान्त्रिक प्यानलकै देवीदत्त देवकोटा ४९, होमप्रसाद न्यौपाने ४७, दिवाकर शर्मा खनाल ४६, शैलेन्द्रकुमार गुप्ता ४४ र ईतवारी चौधरी ४४ मत प्राप्त गरी निर्वाचित भएको निर्वाचन समितिका संयोजक चौधरीले बताए। बर्दिया बारको कुल ८७ मतमध्ये ८१ मत खसेको थियो। आफ्नो विजय सम्पूर्ण कानून व्यवसायीको विजय भएकाले सबैलाई एकताबद्ध गरी अघि बढ्ने नवनिर्वाचित अध्यक्ष काशीराम चौधरीले प्रतिवद्धता व्यक्त गरे। मत परिणाम घोषणा लगत्तै आफूलाई सहयोग गर्ने सम्पूर्ण कानून ब्यवसायीलाई अध्यक्ष थारुले धन्यवादसहित कृतज्ञता व्यक्त गरेका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.