बर्दियामा कोरोना संक्रमितको संख्या ८ सय नाघ्यो, संक्रमण दर ६ दशमलव ३७ प्रतिशत

बर्दियामा कोरोना संक्रमितको संख्या ८ सय नाघ्यो, संक्रमण दर ६ दशमलव ३७ प्रतिशत

गुलरिया : विश्वव्यापी फैलिरहेको कोरोना भाइरस संक्रमितको संख्या बर्दियामा ८ सय नाघेको छ । भेरी अस्पताल नेपालगञ्जमा गरिएको स्वाब परीक्षणको नतिजाअनुसार बर्दियामा कोभिड–१९ संक्रमण हुनेको संख्या दिनानुदिन बढ्दै गएको छ ।

स्वास्थ्य कार्यालय बर्दियाका प्रमुख गोकर्ण गिरीका अनुसार बर्दियामा १२ हजार ५५३ जनाको पीसीआर परिक्षण भइसकेको छ । स्वाब परीक्षणको नतिजा अनुसार संक्रमितको संख्या ८ सय १८ पुगेको छ । संक्रमितमध्ये ६ सय ११ जना निको भएका छन् । बर्दियामा हाल १ सय ७० जना सक्रिय संक्रमित छन् । हालसम्म कोरोनाबाट पाँचजनाको मृत्यु भएको छ। स्वाब नमुनामध्ये २ सय जनाको रिपोर्ट आउन बाँकी छ ।

बर्दियामा ५० भन्दा बढी प्रहरी, २० भन्दा बढी स्वास्थ्यकर्मी, १५ भन्दा बढी व्यापारी र बाँकी अन्य व्यक्तिमा संक्रमण देखिएको छ। जिल्लामा सबैभन्दा बढी क्रमशः बाँसगढी नगरपालिकामा २१४ जना, गुलरिया नगरपालिकामा १४४ जना र मधुवन नगरपालिकामा ११२ जनामा संक्रमण देखिएको छ।

बर्दियाको कुल ४ लाख ७७ हजार जनसंख्या मध्ये २ दशमलव ६३ प्रतिशतको कोरोना भाइरस परीक्षण गरिएको छ । स्वाब परीक्षण गरिएका मध्ये ६ दशमलव ३७ प्रतिशतमा कोरोना पोजिटिभ पाइएको हो ।

गिरीले थपे कुल संक्रमित मध्ये निको हुनेको संख्या ७८ प्रतिशत र मृत्युदर ० दशमलव ६२ प्रतिशत छ । बर्दियामा २१ प्रतिशत सक्रिय संक्रमित छन् । वैदेशिक रोजगारीबाट आउनेहरुको चहलपहल बढ्न थालेकाले संक्रमण अझै बढ्न सक्ने स्वास्थ्य प्रमुख गिरीको चिन्ता छ । लकडाउनका सुरुमा देश बाहिरबाट आउनेहरु स्थानीय तहका एकान्तवासमा बसेर घर फर्कन्थे । हिजोआज सोझै घरजाने परिपाटीले थप चुनौती बढेको हो ।

विद्यालय पनि संचालनको तरखरमा रहेकाले विद्यालयमा बनाइएका अधिकांश क्वारेन्टाइन हटाइएका छन् । हाल बर्दियाका ८ वटै पालिकाका १७ स्थानमा रहेका क्वारेन्टिनमा ९ सय ४२ वटा वेड छन् ।

बर्दियामा ५ सय ७५ जना क्वारेन्टिनमा रहेको स्वास्थ्य कार्यालय बर्दियाले जनाएको छ । संक्रमितको संख्या बढ्दै गएपछि उपचारमा चुनौती बढेको बर्दिया अस्पतालले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.