डडेल्धुरा अस्पतालमा दार्चुला र डोटीका ४७ जनामा कोरोना पुष्टि
डडेल्धुरा : डडेल्धुरा अस्पतालमा बिहीबार गरिएको कोरोना परीक्षणमा थप ४७ जनामा कोरोना पुष्टि भएको छ। १ सय ४० नमुना परीक्षण गर्दा ४७ जनामा कोरोना पोजिटिभ देखिएको हो।
दार्चुला महाकाली नगरपालिकाका ३८ र डोटी जिल्लाको जोरायल गाउँपालिकाका ९ जना गरी ४७ जनामा कोरोना पाजिटिभ रहेको डडेल्धुरा अस्पतालका कोभिड १९ परीक्षण प्रयोगशाला इन्चार्ज ईश्वरी भुसालले जानकारी दिएका छन्।
१४० नमुना मद्ये ४७ पोजिटिभआएको र बाँकी ९३ नेगेटिभआएको डडेल्धुरा अस्पतालले जनाएको छ। पछिल्लो समयमा सुदुरपश्चिममा कोरोना संक्रमित हुनेको सख्या दिन प्रतिदिन बढिरहेको छ।
प्रतिक्रिया दिनुहोस !