महिलाहिंसाविरुद्ध मौन र्‍याली

महिलाहिंसाविरुद्ध मौन र्‍याली

गुलरिया : चाडपर्वका बेला हुने सबैखाले महिला हिंसाविरुद्ध सचेतना दिन बर्दियाको गुलरियामा मौन र्‍याली गरिएको छ । स्थानीय महिला, स्वयंसेविका, नगर तथा वडाका जनप्रतिनिधि, कर्मचारी, उद्योग वाणिज्य संघ गुलरियालगायतको सहभागीमा गरिएको हिंसा विरुद्धको र्‍याली गुलरिया नगरपालिका ६ ले आयोजना गरेको हो । 

चाडपर्वका बेला आर्थिक अवस्था कमजोर रहेका विपन्न परिवारमा घरेलु हिंसा बढी हुने गरेको गुलरिया नगरपालिका  ६ का वडाध्यक्ष निरज शर्माले बताए । घरेलु हिंसा न्युनिकरणमा सहयोग पुगोस भन्ने उद्देश्यले सचेतना स्वरुप मौन र्याली गरिएको हो । 

उनले भने,' महिला हिंसा रोक्न जनप्रतिनिधि मात्र होइन घरपरिवारका सदस्य समेत ऐक्यवद्ध हुन सक्नुपर्छ । वडामा महिला हिंसाको स्थिति दुःखद रहेको भन्दै अध्यक्ष शर्माले चिन्ता व्यक्त गरेका छन् ।

बर्दियाका ८ वटै स्थानीय तहमा महिला हिंसाको अवस्था समान रहेको गुलरिया नगरपालिकाकी उपप्रमुख शुसिला गिरीले बताइन् । सबै पालिकामा एकै प्रकृतिका हिंसा हुने गर्छ । गुलरिया नगरपालिकाको सहयोगमा स्थापना गरिएको जिल्ला स्तरीय सेवा केन्द्रमा सेवाग्राही महिलाको संख्या बढ्दो क्रममा छ । उनले भनिन्,' बर्दियाको गेरुवा गाउँपालिका तथा बारबर्दिया र बाँसगढी नगरपालिकाबाट बढी केश आएका छन् । जबरजस्ती करणी, घरेलुहिंसालगायतका घटनाहरु अत्याधिक हुने गरेका छन् ।

कोभिड–१९ महामारीका बेला आत्महत्याका घटनाहरु वृद्धि भएको उनले सुनाइन् । गुलरिया नगरपालिका भारतीय सीमाक्षेत्रसँग जोडिएकाले पनि महिला हिंसाजन्य घटनाहरु वृद्धि भइरहेको छ । सचेतना र्‍यालीमा विभिन्न नाराहरु लेखिएको प्लेकार्ड बोकेर सहभागीले जिल्ला प्रहरी कार्यालयदेखि बर्दिया जिल्ला अदालतसम्म दुवै रोडमा केही घण्टा मौन उभिएका थिए ।

 सहभागीले बोकेका प्लेकार्डमा जुन नारीको सम्मान हुन्छ त्यो घरमा ईश्वरको वासहुन्छ, शसक्त नारीबाट नै बन्छ शसक्त समाज, घरेलु हिँसा अन्त्य गरौं सभ्य समाजको निर्माण गरौं, बालश्रमको रोकथाम गरौं बालबालिकाको सुन्दर भविष्यको निर्माण गरौंलगायतका नाराहरु लेखिएका थिए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.