मोरङमा २६५ सहित प्रदेश १ मा ४७४ संक्रमित थपिए

मोरङमा २६५ सहित प्रदेश १ मा ४७४ संक्रमित थपिए

विराटनगर : पछिल्लो २४ घण्टाभित्र प्रदेश १ मा कोरोना भाइरसका चार सय ७४ जना नयाँ संक्रमित थपिएका छन्। 

थपिएका संक्रमितमा सबैभन्दा धेरै मोरङका दुई सय ६५ रहेका छन्। मोरङको संक्रमण पुष्टि भएको संख्या जम्मा थपिएका संक्रमितको आधाभन्दा बढी हो। 

एक हजार चार सय ६८ जनाको पीसीआर परीक्षण हुँदा आइतबार एक सय ४९ महिला र तीन सय २५ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार मोरङबाहेक सुनसरीमा ९३, झापामा ५६, उदयपुरमा २९, इलाममा सात, संखुवासभाका पाँच, भोजपुरमा दुई, धनकुटा, तेर्‍हथुम, पाँचथर र ओखलढुंगामा एक-एक र प्रदेश १ बाहिर १३ जना संक्रमित थपिएका छन्। 

प्रदेश राजधानी विराटनगर महानगरपालिकामा एक सय ५४ जनामा संक्रमण देखिएको छ। संक्रमण पुष्टि भएकामा ५० महिला र एक सय चार पुरुष छन्। 

मोरङको सुन्दरहरैँचामा २८, बेलबारीमा १९, कटहरी र पथरीशनिश्चरेमा १२-१२, बूढीगंगामा १०, रतुवामाईमा सात, ग्रामथानमा छ, कानेपोखरीमा पाँच, लेटाङमा चार, धनपालथानमा दुई, उर्लाबारी, जहदा, मिक्लाजुङ र रंगेलीमा एक-एक र स्थानीय तह नखुलेका दुई जनाको रिपोर्ट पोजेटिभ आएको छ। 

सुनसरीको इटहरीमा ५७, इनरुवामा नौ, रामधुनीमा सात, दुहवीमा पाँच, धरानमा चार, बर्जु र गढीमा दुई-दुई, हरिनगर, बराहक्षेत्र, भोक्राहानरसिंह र कोशी गाउँपालिकामा एक-एक र स्थानीय तह नखुलेका तीन जनामा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ। 

झापाको भद्रपुरमा १५, दमकमा १३, विर्तामोडमा १२, मेचीनगरमा नौ, गौरादह र अर्जुनधारामा दुई-दुई, कमल, झापा गाउँपालिका र बार्‍हदशीमा एक-एक, उदयपुरको कटारी र त्रियुगामा १३-१३, उदयपुरगढी, बेलका र चौदण्डीगढीमा एक-एक जनामा कोरोना देखिएको छ। 

इलामको इलाममा चार, फाकफोकथुम, माइजोगमाई र सूर्योदयमा एक-एक, संखुवासभाको चैनपुर र मकालु दुई-दुई, खाँदबारीमा एक, भोजपुरको अरुण र भोजपुरमा एक-एक, धनकुटाको छथरमा एक, तेर्‍हथुमको लाली गुराँसमा एक, पाँचथरको फिदिममा एक र ओखलढुंगाको मानेभन्ज्याङमा एक र प्रदेश १ बाहिरका १३ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको  छ। 

प्रदेश १ मा कोरोना संक्रमितको संख्या १३ हजार छ सय ५६ पुगेको छ। हालसम्म एक लाख ४६ हजार आठ सय ५० जनाको पीसीआर परीक्षण हुँदा एक लाख ३३ हजार एक सय ९४ जनाको रिपोर्ट नेगेटिभ आएको छ। 

प्रदेश १ मा संक्रमण पुष्टि भएर उपचार गराइरहेकामध्ये १५ जना आइतबार कोरोनामुक्त हुँदै डिस्चार्ज भएका छन्। कोशी अस्पताल कोभिड-१९ उपचार केन्द्रबाट सात, मेची अस्पतालबाट सात र होम आइसोलेसनबाट एक जना डिस्चार्ज भएका हुन्। मन्त्रालयका अनुसार हालसम्म डिस्चार्ज हुनेको संख्या पाँच हजार पाँच सय ७५ पुगेको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.