स्टोरमै थन्किए भेन्टिलेटर

स्टोरमै थन्किए भेन्टिलेटर

धादिङ : मुलुकभर कोभिड १९ संक्रमित बिरामीको संख्या बढ्दै गएको छ। जहाँसुकैका अस्पतालमा भेन्टिलेटर र आईसीयू बेड खाली नभएर बिरामीलाई समस्या भइरहेको छ। यस्तो बेला धादिङमा भने कोभिडकै लागि भनेर आएका उपकरण पनि जडान हुन नसक्दा स्टोरमा थन्किन पुगेका छन्। 

सरकारको रेकर्डमा १५ शय्या क्षमताको अस्पताल भए पनि जिल्ला अस्पताल धादिङले आन्तरिक व्यवस्थापनमा ५० शय्याको सुविधा दिँदै आएको थियो। ५० शय्याबाट सेवा दिइरहे पनि कोभिड महामारी सुरु हुनुअघि जिल्ला अस्पतालमा आईसीयू र भेन्टिलेटर दुवै थिएन।

देशभरमा जस्तै धादिङ जिल्लामा पनि कोभिड १९ संक्रमितको संख्या दैनिकजसो थपिँदै छ। 

देशव्यापी कोरोना महामारी फैलिन थालेपछि कोरोना संक्रमणको जटिल केसका बिरामीको उपचारमा तत्काल सहयोग पुर्‍याउन बागमती प्रदेश सरकारले ५ शय्याका लागि आईसीयू र २ शय्याका लागि भेन्टिलेटरका उपकरण धादिङ जिल्ला अस्पतालमा पठाइएको थियो।

बिरामी उपचारका लागि लगिने मुख्य स्थान राजधानी काठमाडौंका अस्पतालमा पनि कोभिड १९ उपचारको अस्पतालमा शय्या पाउनै मुस्किल भइरहेको बेला जिल्ला अस्पताल धादिङले भने प्रदेश सरकारले पठाएका उपकरण समयमै सदुपयोग गर्न सकेको छैन। 

एक महिनाअघि बागमती प्रदेश सरकारले पठाएको भेन्टिलेटर र आईसीयूका उपकरण अहिले जिल्ला अस्पतालको स्टोर शाखामा थन्किएको छ। त्यसो त जिल्ला अस्पताल धादिङले कोभिडकै कारण समस्या नभोगेको होइन। अस्पतालका स्वास्थ्यकर्मी र कर्मचारीलाई कोरोना देखिएपछि असोजमा ३ पटकसम्म अस्पतालको आकस्मिकबाहेक सेवा बन्द हुन पुगेको थियो।

अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डाक्टर त्रिभुवनचन्द्र झा नै कोभिड १९ बाट संक्रमित भएपछि तत्काल काम थाल्न नसकिएको जिल्ला अस्पताल विकास समितिका अध्यक्ष महेन्द्र धमलाले बताए। 

प्राप्त उपकरण जडान गरी सञ्चालनमा ल्याउन नसक्दा अस्पतालमा आएका बिरामीलाई निकै समस्या भएको छ। 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.