पाटे बाघले आक्रमण गर्दा महिलाको मृत्यु

पाटे बाघले आक्रमण गर्दा महिलाको मृत्यु

गुलरिया : बाघको आक्रमणमा परी बर्दियामा एक महिलाको मृत्यु भएको छ । मधुवन नगरपालिका वार्ड नम्वर ३ बस्ने २९ वर्षीय गंगा खत्रीको घाँस काट्ने क्रममा बाघको आक्रमणमा परेर मृत्यु भएको हो ।

स्थानीय सम्झना सामुदायिक वन उपभोक्ता समूह मधुवनमा घाँस काट्न गएका बेला पाटे बाघले आक्रमण गरी जंगल भित्र पुर्याएको डिभिजन वन कार्यालय बर्दियाका प्रमुख महेन्द्र वाग्लेले बताए । 

सशस्त्र प्रहरी, स्थानियवासीको पहलमा होहल्ला गरी बाघ धपाएर हेर्दा महिलाको मृत्यु भइसकेको थियो ।     

घटनास्थ भारतको कर्तनियाघाट वनविहार र बर्दिया राष्ट्रिय निकुञ्जको बीचमा अवस्थित खाता जैविकमार्ग वनक्षेत्रमा पर्छ । सोही क्षेत्रमा केही हप्ता अघि भारत तर्फको जंगलमा पुगेका नेपालीको पनि बाघको आक्रमणमा परी मृत्यु भएको थियो ।

 बाघको आक्रमणमा परेर ज्यान गुमाएकी महिला । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.