खुल्यो बर्दिया राष्ट्रिय निकुञ्‍ज, जाने हैन सफारी ?

खुल्यो बर्दिया राष्ट्रिय निकुञ्‍ज, जाने हैन सफारी ?

गुलरिया : विश्वव्यापी संक्रमणको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) का कारणा गतवर्ष चैत्र महिनादेखि बन्द भएका होटल संचालनमा आउने भएका छन्। चाड, पर्वलाई लक्षित गर्दै आन्तरिक पर्यटन प्रर्बद्धन गर्न स्वास्थ्य सुरक्षाका मापदण्डसहित बर्दिया राष्ट्रिय निकुञ्जले निकुञ्ज प्रवेश खुला गरेपछि बर्दियाका पर्यटन व्यवसायी खुशी भएका छन् । 

निकुञ्जमा पर्यटक प्रवेशका लागि खुला गरिएपछि पर्यटक आउनेमा व्यवसायी आशावादी छन् । कोभिड महामारीका कारण सुनसान बनेको पर्यटन व्यवसाय फस्टिने आशा व्यवसायीको छ । स्वास्थ्य मापदण्ड अपनाउँदै व्यवसाय उकास्न उनीहरु लागिपरेका छन् । कोभिडका कारण केही समय विदेशी पर्यटक नआएपनि आन्तरिक पर्यटकको सेवा गर्न व्यवसायीहरु आतुर छन् ।

'निकुञ्जले प्रवेशमा अनुमति दिएर धेरै राम्रो गर्यो । बर्दिया गैडाक्याम्प रिसोर्टका संचालक रामजी थापाले भने,' हामी पनि कोभिड नियन्त्रणमा हातेमालो गर्दै व्यवसाय संचालन गर्छौ । पर्यटक बसेका होटलका कोठाहरु पूर्ण सेनिटाइज गर्दै दुई दिनसम्म अन्य पाहुनालाई दिँदैनौं ।'

सामाजिक दूरीलगायतका स्वास्थ्य मापदण्ड पूरा लागु गरी होटल संचालन गरिएको व्यवासायीको भनाइ छ। उनले थपे,' पर्यटकले ढुक्कसँग निकुञ्ज घुम्न आउँदा हुन्छ। हामीहरु पूर्णरुपमा सुरक्षित सेवा दिन तयार छौं ।'

पर्यटकलाई निकुञ्ज प्रवेश खुला गरिएको बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत विष्णुप्रसाद श्रेष्ठले बताए । निकुञ्जमा पर्यटकीय गतिविधि अन्र्तगत जंगल सफारी र जंगल वाकका लागि मात्र निकुञ्जमा अनुमति दिइएको छ ।

कोरोना महामारी थप फैलिँदै गए पुनः बन्द हुन सक्छ । निकुञ्ज प्रवेशको समयमा नेपाल सरकारले तोकेका स्वास्थ्य सुरक्षा मापदण्डको पूर्ण पालना गर्दै अनिवार्य रुपमा मास्क, भौतिक दूरीलगायत सेनीटाइजर प्रयोग गनुपर्छ ।

दसैं, तिहार, छठलगायतका चाडपर्वहरुमा आन्तरिक पर्यटन प्रर्वद्धन गर्ने उद्देश्यले निकुञ्जमा निश्चित मापदण्ड बनाइ अनुमति दिएका हौं । जसअनुसार जंगल ड्राइभका लागि सवारी साधनको क्षमताको ६० प्रतिशत मात्र पर्यटक राख्दै वाकमा जाँदा समेत अनिवार्य रुपमा नेचरगाइड साथमा लैजानुपर्ने प्रावधान तोकिएको छ । 

प्रमुख संरक्षण अधिकृत श्रेष्ठले जंगल वाकको हकमा एकपटकमा गाईडसहित ४ जना मात्र प्रवेश गर्न पाउने व्यवस्था मिलाइएको छ । निकुञ्जले तोकेको रुटमा मात्र पर्यटकीय गतिविधिको लागि अनुमति दिइएको छ।

बर्दिया राष्ट्रिय निकुञ्ज तथा मध्यवर्ती क्षेत्रका लागि पर्यटकिय गतिविधि संचालन आचारसंहिता ०७६ को पूर्ण पालना गर्नुपर्ने व्यवस्था छ । पर्यटकीय गतिविधि गर्दा गराउँदा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ नियमावली २०३० तथा बर्दिया राष्ट्रिय निकुञ्ज नियमावली २०५३ को पूर्ण पालना गर्नुपर्छ । महामारी घट्दै गए पूर्णरुपमा निकुञ्जका गतिविधि खुला गर्ने निकुञ्‍जको तयारी छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.