यसरी भित्र्याइयो बर्दियामा फूलपाती

यसरी भित्र्याइयो बर्दियामा फूलपाती

गुलरिया : नवरात्रको सातौं दिन बर्दियामा फूलपाती भित्र्याइएको छ। हरेक वर्ष बाजागाजासहित धुमधामका साथ गरिने फूलपाती यात्रा यसवर्ष कोभिड महामारीका कारण परम्परा जोगाउँदै  सामान्य रुपमा भित्र्याइएको हो।

विगतका वर्षहरुमा बर्दियामा धुमधामका साथ फूलपाती भित्र्याइने परम्परा रहेपनि यसवर्ष कोभिड जोखिमका कारण नेपाली सेना, नेपाल प्रहरी तथा शसस्त्र प्रहरीबाट ३/३ जना गरी ९ जनाले मात्र फूलपाती लिएर गएको बर्दियाका प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारीले बताए । तीनै तहका सुरक्षा निकायले फूलपातीका दिन बर्दिया सदरमुकामस्थित बगलामुखी मन्दिर तथा कोटही मन्दिरमा फूलपाती लगेर पर्सने प्रचलन छ । 

डोलीमा ल्याइएका नवपत्रिकाहरु भगवती मन्दिरमा विशेष पूजा गरी सुरक्षा निकायका मन्दिरमा भित्र्याइने गरिन्छ । कदली, दाडिम, धान्य, हरिद्रा, अशोक, मानक, कर्चुर, बेल, जयन्तीलगायतका नवपत्रिका संकलन गरी सप्तमीका दिन फूलपातीका रुपमा पूजा गरिन्छ । यस वर्ष कोरोना भाइरस जोखिमका कारण भीडभाड नगरी फूलपाती पूजा गरिएको प्रजिअ अधिकारीको भनाइ छ ।

शास्त्रोक्त विधि अनुसार षष्टी अर्थात फूलपातीको अघिल्लो दिन बेलको वृक्षलाई पूजा गरी निमन्त्रणा दिने र फूलपातीका दिन बिहान एउटै शाखामा फलेको तीनवटा बेलको फल टिप्ने मान्यता छ । यसरी संकलन गरिएका फूलपाती घटस्थापना गरिएका जमरा घरमा प्रचलन अनुसार भित्र्याइने गरिन्छ । फूलपातीका दिन भित्राइएका नवपत्रिका कालरात्रीका दिन नव देवीका रुपमा पूजा गरिन्छ ।

शरदकालिय पूजा विधिमा उल्लेख गरिए अनुसार कालरात्रीको दिन मध्यरातमा कदल्यां (केरा) ब्राम्ह्णी, दाडिम (अनार) रक्तचण्डिका, धान्य (धान) लक्ष्मी, हरिद्रा (बेसार) दुर्गा, मानके चामुण्डा, बिल्बे (बेल) शिव, अशोक शोकहारिणी, जयन्ती कार्तिकी र कर्चुर कालिका देवीका रुपमा पूजा गरिन्छ । यसरी देवीको पूजा आराधना गर्नाले धनधान्य, यशकृति लगायत शक्ति प्राप्त हुने हिन्दुधार्मिक मान्यता छ ।

गृह मन्त्रालयले सर्कुलर गरेको पंचाग निर्णायक समितिको शुभसाइत अनुसार शुक्रबार बिहान ८ बजेर ५६ मिनेटमा फूलपाती तथा तुलजाभवानी यात्रा गरी १० बजेर १४ मिनेटमा स्थिरासन गराइएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.