नवरात्रमा सुनसान देवालय

नवरात्रमा सुनसान देवालय

गुलरिया

प्रथमं शैलपुत्री च द्वितीयं ब्रम्हमचारिणी । 
तृतीयं चन्द्रघण्टेति कुष्माण्डेति चतुर्थकम् ।।
पंचमं स्कन्धमातेति षष्ठं कात्यायनीति च ।
सप्तमं कालरात्रीति महागौरीति चाष्टमम् ।।
नवमं सिद्धिदात्री च नवदुर्गाः प्रकीर्तिता ।

आश्विनशुक्ल प्रतिवदादेखि नवमी (नवरात्र) भर विषेश पूजाआजा गरिने महाकाली, महालक्ष्मी, महासरस्वती स्वरुपा भगवती देवीका शक्तिपीठहरु कोरोना भाइरस (कोभिड–१९) संक्रमणका त्रासले सुनसान छन् । स्थानीय प्रशासनले पर्वलक्षित निषेधाज्ञा जारी गरेसँगै जिल्लाका शक्तिपीठलगायत मठमन्दिरमा दैनिक नित्यपूजा बाहेक श्रद्धालु भक्तजनको आवागमन पातलिएपछि देवालयहरु सुनसान भएका हुन् । 

नवरात्रभर देवीको दैनिक छुट्टाछुट्टै नामले पूजा अर्चना गरिन्छ । श्रीदुर्गासप्तसतीमा उल्लेख भए अनुसार नवरात्रको पहिलो दिन शैलपुत्री, दोस्रो ब्रम्हचारिणी, तेस्रो चन्द्रघण्टा, चौथो कुष्माण्डा, पाँचौ स्कन्दमाता, छैठौ कात्यायनी, सातौ कालरात्री, आठौ महागौरी र नवौंदिन सिद्धिदात्रीका रुपमा विषेश पूजा गरिन्छ । दशौं दिन पहिलो दिनमा स्थापना गरिएको घटको विर्सजन गरी मान्यजनको हातबाट भगतीको टीका, जमरा प्रसादका रुपमा ग्रहण गर्ने हिन्दु धार्मिक परम्परा छ । देवीले असुरहरुको नाश गरेको हुनाले विजयादशमीलाई असत्य माथी सत्यको विजय भएको दिनका रुपमा मनाईने परम्परा छ । 

प्रत्येक वर्ष भक्तजनको घुइँचो लाग्ने मन्दिर यसवर्ष सुनसान छन् । गुलरिया नगरपालिका  ७ स्थित वगलामुखी मन्दिरका पुजारी डिल्लीप्रसाद उपाध्यायले भने । मन्दिरमा स्थापना गरिएको घट, अखण्डदीपलगायत स्थापित देवी देवताहरुको पूजा तथा सप्तसती चण्डीपाठ दैनिक भइरहेको छ ।

छिटपुट रुपमा नजिकका भक्तजनहरु आएपनि विगतका वर्षमा जस्तो मन्दिरमा भीडभाड छैन । मन्दिरक्षेत्र सुनसान छ । उनले थपे,' कोरोना संक्रमणको त्रास कायमै रहेकाले श्रद्धालुभक्तजन घरमै aसेर व्रतपूजा गरेको पाएका छौं ।' विजयादशमीका दिन घटस्थापना विर्सजन गरी स्वास्थ्य मापदण्ड पालनागर्दै जमरा प्रसाद वितरण गर्ने मन्दिरको तयारी छ ।

वगलामुखी, कोटही, पर्वतीयामाई, केदारेश्वर धाम, ठाकुरबाबा मन्दिर, राजापुर गणेश मन्दिर जिल्लाका भीडभाड हुने देवालय हुन् ।     कोभिडका कारण गाउँघरमा राखिने देवीका माटाका मूर्तिहरु स्थापना गरिएका छैनन् । 

नेपालीहरुको महान चाड वडादशैं, तिहार, छठ जस्ता पर्वहरुमा भीडभाड भइ कोभिड संक्रमणको जोखिम बढ्ने भएकाले सम्भावित संक्रमण रोकथाम तथा नियन्त्रणका लागिभन्दै स्थानिय प्रशासनले घटस्थापना देखि नवमी सम्म विभिन्न शक्तिपीठ, मन्दिरलगायत गाउँघरमा स्थापना गरिने मूर्तिहरुमा नित्यपूजाबाहेक दर्शनका लागि जमघट नगर्न निषेधाज्ञा जारी गरेको छ । चाडपर्वका बेला एकाघरमा बसोबास गर्दै आएका परिवारका सदस्यहरुको विचमा मात्र मनाउन सूचना जारी गरिएको प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारीले बताए ।

चाडपर्वका बेला अनावश्यक हिँडडुल, भेला, जमघट, जात्रा तथा मेला गर्न निषेध गरिएको छ । उनले भने,' स्वास्थ्य सुरक्षा सम्वन्धी मापदण्डको पूर्ण पालना गर्दै घरमै बसी पूजापाठ तथा दशैं मनाउन सूचित गरेका छौं ।'

चाडपर्वका बेला कुनै राजनीतिक दल, संघसंस्था, क्लब, समूह तथा सञ्जालले भेला भइ शुभकामना आदानप्रदान, देउसी भैलो, खेलकुदलगायतका क्रियाकलाप निषेध गरिएको छ । प्रजिअ अधिकारीले थपे,' हामीले कोभिड नियन्त्रणका लागि निषेधाज्ञा जारी गरेका छौं, कसैकाट अवज्ञा वा अपहेलना तथा बाधा पुर्‍याउने कार्य भए कानुन अनुसार कारवाही हुन्छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.